माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा मनाइने यस पर्ब लाई मकर संक्रान्ति तथा माघी पनि भन्ने गरीएको छ । यस पर्ब बिभिन्न समुदायले बिभिन्न नाममा धुमधामका साथ मनाउने गरेको पाईन्छ । आज घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ ।
ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि९साउने संक्रान्ति र मकर राशि (माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । यसैगरी पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा माघे संक्रान्ति मेलामा भक्तजनको घुइचो लाग्ने गरेको छ । नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान र पूजाआजा गरेका छन् । देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास रहेका छ । आइतबार आएका भक्तजन रातभर भजनकीर्तनसहित धुनी लगाई जाग्राम बसेर बिहान नै नुहाएर पूजाआजामा सक्रिय रहन्छन । परापूर्वकालदेखि नै देवघाटमा यो समयमा विशेष मेला लाग्दै आएको छ ।
माघे सक्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा धार्मिक मेला लागेको छ । उक्त क्षेत्र धाममा भक्तजनहरुले बिहानैदेखि कालीगण्डीमा स्नान गरी पूजापाठ मा ब्यस्त रहन्छन । कालीगण्डकीमा स्नानको लागी पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाची, रुपन्देही, कपिलबस्तु, पर्वत, कास्की, गोरखा, लगायतका स्थानबाट भक्तजन पुग्ने गरेका छन् ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...