आफ्नै हकलाग्ने सम्पत्ति उपभोग गर्न पाईँदैनः पारिवारिक निजी वन किसानका समस्या

  |      21:47:00   |  

आफ्नै हकलाग्ने सम्पत्ति उपभोग गर्न पाईँदैनः पारिवारिक निजी वन किसानका समस्या

–सुमन जोशी
नेपालमा पारिवारिक निजी वनको अभ्यास परापूर्वकालदेखी नै हुँदै आएको हो । कृषि वन प्रणाली नेपालीहरुको जीविकोपार्जनको महत्वपुर्ण पाटो हो । हाललाई नेपालमा मोटामोटी रुपमा तिन किसमका पारिवारिक निजी वन देखीएका छन् । एउटा आफ्नै खेतबारी र पाखामा कृषिवालि नगरी प्राकृतिक रुपमा संरक्षण गरेर हुर्काएकोे वन, अर्को छिटो बढ्ने प्रजातीहरु वृक्षारोपण गरेर बनाएको वन र तेस्रो कृषिवालि संगसंगै केही मात्रामा आफुलाई चाहिने रुखविरुवा हुर्काएको कृषि वन । कृषि वन प्रणालि पहाड, हिमाल, तराई सबैतिर पाईन्छ भने संरक्षण गरेको प्राकृतिक वन प्रायजसो पहाडतिर पाईन्छ । वृक्षारोपण गरिएको वन चाँहि प्रायजसो तराईतिर पाईने गरेको छ । 
पारिवारिक निजी वन हुर्काउने किसानको संख्या दिनानुदिन बढ्दै गईरहेको छ तर राज्यले यस पारिवारिक निजी वनलाई उचित रुपमा सम्बोधन गरेको पाईँदैन । प्राकृतिक रुपमा उम्रेको वनको उदाहरण गोरखामा राम्रो संग देख्न सकिन्छ । गोरखामा विशेष गरी बारीपाखामा धेरै जसो प्राकृतिक रुपमा उम्रेको साल लगायतका वनको संरक्षण गरि हुर्काईएको पारिवारिक निजी वन छ । जिल्लामा पारिवारिक निजी वनकोे अनुपात राष्ट्रिय वनभन्दा धेरै रहेको छ, तर साल काटेर बेच्न त के घरायशी कामकाजकालागी पनि उपयोग गर्न नपाउँदा वन किसालने एकदमै अफ्ठेरो परिस्थीतिको सामना गर्नुपरेको दुखेसो पोख्छन् गोरखाका राजेन्द्र भट्ट । उहाँ पारिवारिक निजी वन संघ, नेपालका स्थायि समिती सदस्य हुनुहुन्छ । पारिवारिक निजी वन संघ, अध्यक्ष भरतबाबु कट्टेल भन्नुहुन्छ, हामी संग ३२० भन्दा बढी पारिवारिक निजी वन किसान आबद्ध हुनुहुन्छ । तर सबैको समस्या उही छ । संघले निरन्तर पैरवी गरिरहेको छ र उक्त समस्या समाधान गर्न सके मात्र संघ सफल हुन्छ, जिल्ला संघका अध्यक्ष भरतबाबु कट्टेल बताउनुहुन्छ । गोरखा नगरपालिकाको ८ नं वडा, कट्टेलडाँडा स्थित ज्ञान बहादुर कुँवरले आफ्नो पाखोबारीमा सालको संरक्षण गर्न लागेको २५–३० वर्ष जती भयो । उनको वन हेर्दा रहरलाग्दो गरी हुर्किएको छ । उनले कुनै पनि कार्यालयबाट केही पनि प्राविधीक तथा आर्थिक सहयोग नपाएको र दर्ता पनि नभएको बताए । “हामीलाई अरु केही चाहिन्न केवल आफ्नो जग्गामा हुर्र्काएका बोटबिरुवा काट्न, उपयोग गर्न र बिक्री गर्न पाउने कानुन बनाईदिए बेश हुन्थ्यो,” कुँवरले भन्नुभयो । 
त्यस्तै वृक्षारोपण गरिएको पारिवारिक निजी वन हेर्न तराई तिर झरौँ, उदाहरणकालागी बर्दिया । गोरखाको तुलनामा बर्दियामा भने फरक खालको पारिवारिक निजी वन पाईन्छ । बर्दियामा सबै जसो वृक्षारोपण गरिएको मसला (यूकालिप्टस) र टिक, केही मात्रामा मलेसयिन साल र सिसौ लगायतको पारिवारिक निजी वन रहेको छ । तराईका वृक्षारोपण गरिएको पारिवारिक निजी वनका समस्या गोरखाका वन किसानको जस्तो चाँही छैन । नेपाल सरकारले २४ वटा प्रजातीहरु विना रोकतोक कटान तथा बेचबिखन गर्न पाउने व्यवस्था गरेको छ । यसमा वृक्षारोपण गरिएका प्राय प्रजातीहरु पर्छन् । नीति वन किसानको पक्षमा हुँदा पनि सरकारी कर्मचारीले सहजै प्रक्रिया अगाडी बढाईदिँदैनन् । अनेक बहानामा अनावश्यक दुख दिईरहन्छन्, पारिवारिक निजी वन संघ बर्दियाका अध्यक्ष बलराम भट्टराईले बताउनुहुन्छ । त्यस्तै यहाँका किसानका विभीन्न प्राविधीक समस्याहरु छन् । नीतिगत सुधारको खाँचो त छँदैछ तर संगसंगै हामीलाई नर्सरी र गुणस्तरको बेर्नाको उपलब्धता, छिटो बढ्ने प्रजाति सम्बन्धी प्राविधीक ज्ञान तथा सहयोगको तत्काल आवश्यकता छ । यो सुविधा वन कार्यालयबाट पनि पाउने गरिएको छैन्, बर्दिया गुलरियाका वन किसान अलि अहमद धोबि दुखेसो पोख्नुहुन्छ । उहाँले करिब २ बिगाहा जग्गामो टिक वृक्षारोपण गर्नु भएको छ र अझै थप्ने योजनामा हुनुहुन्छ । 
यि माथीका केवल उदाहरण मात्र हुन तर पारिवारिक निजी वनका समस्या सबैतिर उत्तिकै छन् । वन नीति २०७५ मा पारिवारिक निजी वनले पहिलो पटक मान्यता पाई प्राथमिकीकरणमा परेको र वन ऐन २०७६ ले यसलाई स्थानिय निकायमा दर्ता गर्न पाउने व्यवस्था गरेको छ । आशा गरौ सरकारले सबै तहमा पारिवारिक निजी वन कानुन बनाई समृद्धिको यात्रामा वन किसानसंग पनि हातेमालो गर्नेछ । 

 


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...