एमाले अध्यक्ष केपी शर्मा ओलीले अफनो पार्टीले आगामी फागुन २१ बाट सुरु गर्ने ‘मेची–महाकाली राष्ट्रिय अभियान’ लाई कसैले अवरोध गर्न खोजे चुप लागेर नबस्न नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । एमालेले आगामी फागुन २१ देखी चैत ४ गतेसम्म मेची महाकाली राष्ट्रिय अभियान गर्ने घोषणा गरीसकेको थियो ।
अध्यक्ष ओलीले एमालेको मेची महाकमाली अभियान कुनै पनि राजनीतिक दलहरुको बिरोधमा केन्द्रित नभएको भन्दै आफनो पार्टीको अभियानलार्ई अवरोध गर्ने प्रयास कसैले पनि नगर्न आहन गर्नुभएको छ । यदि कुनै पनि स्थानमा पार्टीको कार्यक्रमलाई असफल पार्ने, भाँजो हाल्ने चेष्टा गर्छ भने एमाले चुप लागेर नबस्ने भन्दै आफना कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । ओलीले सम्बोधनकै क्रममा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेर राम्रो काम गरेको भन्दै चुनाव मिति घोषण भएको भन्दै पार्टीले स्वागत गरेको बताउनुभयो । अभियानका क्रममा मेचीदेखि महाकालीसम्मका तराईका जिल्लाहरुमा आमसभा र ¥यालीहरु हुने एमालेले जानकारी दिएको छ ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...