एमाले कसरी अन्धराष्ट्रवादी ?

  |      17:21:00   |  
–किरण पौडेल
–किरण पौडेल

कुनै बेला माओवादीका कार्यकर्ताहरु पनि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको चर्को आलोचना गर्थे । भारतीय व्यक्ति–२०२७ सालमा आफूले नागरिकता लिएको त्यसपछि बाबुको नागरिकता बनाइदिएको भन्ने विषय महतोसँग सधै जोडिन्छ । महतोको आलोचनाका लागि उपेन्द्र यादवका कार्यकर्ता नै तम्सिन्छन् भने माओवादी कार्यकर्ता के कम ?
माओवादी कार्यकर्ताको आँखा महतोको मामिलामा उघ्रिन्छ । तर आफ्नै नेता राम कार्कीको सवालमा बन्द हुन्छ । पत्नी भारतीय कर्मचारी, सम्पत्ति भारतमै भएका राम कार्कीको सवालमा माओवादी कार्यकर्ता मौन हुन्छन् । कार्की र महताको नश्ल त एउटै हो । यदि यो प्रशंगमा एमाले जोडिन्थ्यो भने नश्लवादको आरोप लागि सक्थ्यो ।
महतो र कार्कीबीच फरक के छ ? महतो भारतीय हुन् त्यसमा कुनै दुई मत छैन । तर दूर्भाग्य राम कार्की त राष्ट्रियताको सवालमा महतो भन्दा पनि खतरनाक देखिए । एउटा स्वतन्त्र राष्ट्रको, क्याविनेट मन्त्रीले गर्वका साथ सम्पत्ति विवरणमा लेख्छ कि– मेरो भारतमा पनि घर छ । यो भन्दा दूर्भाग्य अरु हुन सक्दैन ।
अध्ययनशील नेताको रुपमा भ्रामक छवि बनाएका कार्की तिनै पात्र हुन् जसले केही महिना अघि चीनतिरको नाका खोल्दा पर्यावरण बिग्रन्छ भनेका थिए । आजीवन भारतवेष्ठित बन्दाको नतिजा पाँच महिने नाकाबन्दी गरेर भारतले देखाइसकेको छ । त्यो अन्त्यका लागि केपी ओली नेतृत्वको सरकारले प्रयास शुरु गरिसकेको थियो । त्यसलाई ब्रेक लगाउने उद्देश्यले कार्र्कीको भनाइ सार्वजनिक भएको कुरामा दुई मत छैन । उनका अध्यक्ष प्रचण्डले चिनियाँ राष्ट्रपतिको भ्रमण रोकेर भारतभक्ति शिद्ध गरे, चेला कार्कीले नाका थुनेर भविष्यको सम्भावित नाकाबन्दीमा नेपाली पिल्स्याउने रणनीति तयार पार्दैछन् ।
फेरि पनि राजेन्द्र महतो जोडिन्छन्, नेपाली जनताका र विशेषगरी मधेसी जनताका एक दर्दनाक पात्र भएकोले पनि होला महतो हरघडी जोडिन्छन् । कार्की र महताको रङ, पार्टी, भाषा फरक छ । तर यी दुवैको आत्मा एउटै छ । आत्माको पुकार एउटै छ । यी दुवैको आत्मामा नेपाल र नेपाली जनता होइन भारतको आदेशले बास गर्छ । यो मिथ्या आरोप होइन समयक्रमले पुष्टि गरेको विषय हो ।
चीन तिरको नाका खोल्दा पर्यावरण विग्रने भए तराईमा त्यति धेरै नाकाले तराईको जनजीवन त ध्वस्त हुनु पर्ने । यसको मतलव के अब ती नाका बन्द गर्नुपर्ने हो ? यो विषयको जवाफ कार्की र उनको पार्टीले आगामी निर्वाचनबाट पाउनेछन् ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणमा दिइएको सार्वजनिक बिदाको चौतर्फी विरोध भयो । यसमा त माओवादी कार्यकर्ताहरुले पनि लोकलज्जा छोप्न ‘बिदा आवश्यक थिएन’ भन्ने अभिव्यक्ति दिए । तर प्रचण्डले भने, ‘जति उफ्रे पनि बिदा रद्द हुँदैन ।’ हालसालै जनस्तरबाटै सरकारलाई अर्को दबाब गयो । त्यो थियो– पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिइयोस् । प्रचण्डले यसमा पनि जनभावनालाई लात हान्दै भने, ‘दलीय सहमति बेगर बिदा हुँदैन ।’ कति सफेद झुट बोल्न सक्छन् प्रचण्ड । कांग्रेसका अर्जुन नरसिंह केसी, राप्रपाका दीपक बोहोराले बिदाको लागि क्याविनेटमा प्रस्ताव नै गरेको विषय बाहिर आएको थियो ।
बिदा दिन यी दुई साझेदार तयार भएपछि उनलाई अरु कसैको सहमति आवश्यक पर्दैन थियो । प्रतिपक्षी एमालेको सहमति खोजेका हुन् भने एमालेले कटाएको क्रिसमसमा उनले बिदा किन दिए ? खासमा उनी भारतको मात्रै नभएर पश्चिमाका पनि भक्त हुन् । १७ हजार नेपालीको ज्यान लिने कथित ‘महान जनयुद्ध’ नामक विध्वंश मच्चाउँदा भारतको एक चर्चमा लुकेर बसेको गुन उनी अहिले पनि यस्तै गरी तिरिरहेका छन् ।
यी घटनाक्रमले नेपालका प्रधानमन्त्री प्रचण्ड नेपाल र नेपालीका हुन सकेका छैनन्, उनी नेपालका लागि अहिलेको कुर्सीमा बसेका होइनन् भन्ने लगभग प्रमाणित हुन्छ । अर्घाखाँचीमा ऊर्जामन्त्री जनार्दन शर्मामाथि भारतीय दलाल भन्दै आक्रमण गरियो । कुनै दिन यस्तो आक्रमण भएर प्रचण्डको टाउको फुट्यो भने अन्यथा नमान्दा हुन्छ । उनले १७ हजारको ज्यान लिएको भए पनि उनको एक थोपा रगत पनि हिंसात्मक घटनाबाट नबगोस् भन्ने हामी चाहिन्छौं ।
भारतमा भन्दा नेपालमा लेन्डुप दोर्जे चर्चित छन् । सिक्किममा उनलाई ‘प्रजातन्त्रका पीता’ भनेर बखान गरिन्छ । नेपाल, बंगलादेश र भुटानमा उनलाई खतरनाक पात्रका रुपमा चिन्ने गरिन्छ । यी यस्ता पात्र हुन् जसले आफ्नो स्वतन्त्र मुलुकलाई भारतको पोल्टामा पारिदिए । उनको औचित्य सकिएपछि भारतले नै यीनको राजनीति समाप्त पारिदियो । कालिंम्पोङको एक गल्लीमा कुकुरको जस्तो मृत्यु वरण गर्नु पर्यो । माओवादीहरुले पनि भन्ने गरेको ‘रुप र सार’ को कुरा प्रचण्डमा पनि लागू हुन्छ । रुपमा भिन्न भए पनि लेन्डुप र प्रचण्ड उस्तै उस्तै छन् । यदि प्रचण्डको बस चल्थ्यो भने बाबुरामले भन्दा सात हात अघि सरेर नेपालहित विपरीत कार्य गर्न उनी उद्यत हुने थिए । प्रचण्ड कतिपय कुरामा यसकारण रोकिन्छ कि त्यसमा एमाले लगाएत दलहरुले राष्ट्रघात गर्नै दिँदैनन् ।
उनले नचाहेर होइन नसकेर खतरनाक राष्ट्रघात नगरेका हुन् ।
अहिले माओवादी, मधेसी मोर्चाले एमालेमाथि अन्धराष्ट्रवाद हावी भएको आरोप लगाइरहेका छन् । विशेषगरी भारतको विरोध गर्नु नै एमालेको राष्ट्रवाद हो भनेर अथ्र्याउने गरिन्छ । भारतले नेपालको ६५ हजार हेक्टर जमिन अतिक्रमण गरेको छ । दिनदहाडै भारतीय सुरक्षाकर्मीले नेपालभित्र पसेर नेपाली त्यसमा पनि मधेसी जनताको छातीमा गोली दाग्छन् । टीकापुर काण्ड मच्चाउँछ भारत । विखण्डनकारी सिके राउतलाई रेड कार्पेट विच्छयाउने भारत, नेपालका आतंकवादीलाई १० वर्ष पाल्ने भारत, नेपाली राजनीतिलाई सधै अस्थिर बनाउने भारत । अनि एमालेले विरोध चाहीँ बंगलादेश वा माल्दिभ्सको विरोध गर्नु पर्ने ? कसरी भयो एमालेको राष्ट्रवाद अन्ध राष्ट्रवाद ?
(लेखक नेकपा एमालको युवा संगठन युवा संघका महासचिब हुन्)

 


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...