कस्ले चुम्ला बिश्वकप फुटवल २०१८ को उपाधि

  |      00:00:00   |  
कस्ले चुम्ला बिश्वकप फुटवल २०१८ को उपाधि

काठमाण्डौ । रसियामा जारी बिश्वकप फुटबल को उपाधि कुन देशले जित्ला ? स्टार खेलाडीको प्रर्दशन कस्तो रहला ? यस्तै चर्चाले बिश्वफुटबल तातेको छ । बिश्वकपको उपाधि कस्ले जिल्छ भन्ने प्रश्न आफैंमा सजिलो प्रश्न भने होइन । यो बा त्यो टिमले बिश्वकप जित्छ भनेर भन्नै सकिनै अवस्था छैन ।  यहि कौतुहलता आम फुवलप्रेमीहरुमा बढेको छ । फिफा बिश्वकप फुटवलको २१ औं संस्करणको उपाधि चुम्नका लागी नेपाली समय अनुसार यहि असार ३१ गते आइतवार फ्रान्स र क्रोयसिया भिड्दैछन् । प्रतिक्षाको घडि नजिकिदैछ । दुबै टिम शारिरिक तथा मानसिक अनी प्राबिधिक रुपमा पुर्ण तयारीका साथ मैदान मा उत्रने छन् । सम्भाबना दुबै टिमको भए पनि बिश्वकप उपाधिको हकदार एक टिम मात्र हुनेछन् । 
बिश्वकपको उपाधि बाट एक कदम पछि रहेको फ्रान्स दोस्रो पटक बिश्वकप को उपाधि जसरी पनी जित्ने दाउमा छ । यता बिश्वकपको फाइनलमा पहिलो पटक पुगेको क्रोयसिया आफ्नो फुटवल इतिहास मा सुनौलो अक्षरले लेखाउन आतुर मात्र होइन आफ्नो जर्सिमा एउटा तारा चम्काउने प्रतिक्षामा छ । 
बिश्वकपको उपाधि उचाल्ने भाग्यमानी देशले १६ क्यारेट सुनको ट्रफि सहित ३८ मिलियन अमेरीकी डलर हात पार्नेछ । दोस्रो हुने टिमले पनि २८ मिलियन अमेरिकी डलर हात पार्नेछ । तेस्रो हुने टिमले २४ मिलियन डलर चौथोले २२ मिलियन डलर पाउने छ भने । बिश्वकपको क्वार्टरफाइनलमा पुग्ने ८ देशलाई पनि फिफाले प्रति टिम १६ मिलियन डलर प्रदान गर्ने छ । फिफाले बिश्वकप खेल्ने प्रत्येक टिम लाई खेल तयारीका लागी १.५ मिलियन डलर दिने गरेको छ । 

आइतवार ३१ गते हुने खेलमा यति खेर संसारका फुटवल प्रेमीहरुको ध्यान पुगेको छ सोहि खेलमा फ्रान्स र क्रोयसिया मध्ये कस्ले बिश्वकप को उपाधि चुम्ने हो त्यो प्रतिक्षाको बिषय बनेको छ । 
फ्रान्स 
उत्कृष्ट मिडफिल्डर रहेको टिम हो फ्रान्स । सन् २०१० मा स्पेन र ०१४ मा जर्मनीले विश्वकप जित्नुको पछाडि उनीहरूको मिडफिल्ड पावर नै थियो। अहिले फ्रान्सेली टीमको धार भनेकै मिडफिल्ड हो । पाउल पोग्वा, एनगोलो कान्टे, ओसमान डेम्बेले जस्ता युवा प्रतिभावान खेलाडी रहेको फान्सेली टीममा अनुभवी खेलाडी नहुनु कमजोर पक्ष हो शारीरिक रूपमा बलियो मिडफिल्डका अलवा एन्टोनी ग्रीजमन, थोमस लेमार, ओलिभर जिरुड जस्ता खेलाडी समाबेश छन फान्सको टोलीमा । फ्रान्सेली प्रशिक्षक डिडियर डेक्याम्सले २३ खेलाडीमा प्रतिभावान र शारीरिक रूपमा सबल खेलाडी छनोट गरेकाले फान्स्र टिम रसिया बिश्वको मुख्य दाबेदार रहेको बिश्लेषण गरेका छन ।
क्रोएसीया  
युरोपेली राष्ट्र क्रोएसीया पहिलो पटक विश्वकप फुटबलको फाइनलमा पुगेको छ । जारी २१ र्औ संस्करणको बिश्वकप फुटबलमा अन्तिम सेमिफाइनलमा बलियो टोली इङल्याण्डलाई पराजित गर्दै क्रोएसीया पहिलो पटक विश्वकपको फाइनलमा स्थान बनाउन सफल भएको हो । मस्कोस्थित लुजनिकी रंगशालामा इंग्ल्यान्डलाई २–१ पराजित गर्दै बिश्वकप फुटबलमा इतिहास बनाउन क्रोएसीयाका इभान पेरिसिक र मारियो मान्जुकिक गोल गरे । जितसँगै १९९८ को विश्वकप फुटबलमा फ्रान्ससँग सेमिफाइनलमा पराजित क्रोएसीया अब उपाधिका लागि फ्रान्ससँग नै भिड्नेछ । विश्वकपको फाइनलमा पुग्ने १३ औं देश बनेको क्रोएसीया युरोपबाट फाइनलमा पुग्ने १०औं टिम हो । फाइनलमा पुगेका ८ टिमले मात्र उपाधि जितेका छन्। आइतबार फ्रान्सलाई हराउन सके क्रोएसिया विश्वकप जित्ने नवौं टिम मात्र होइन नयाँ च्याम्पियन समेत बन्नेछ ।


विश्वकपको फाइनलमा पुग्ने क्रोएसिया जनसंख्याको आधारमा दोस्रो सानो देश हो । यसअघि उरुग्वेले १९ लाख जनसंख्या हुँदा फाइनलमा स्थान पक्का गरेको थियो । हाल क्रोएसियाको जनसंख्या ४२ लाख छ । विश्वकपको फाइनलमा पुग्ने अहिलेसम्मकै कम वरीयताको टिम क्रोएसीया फिफा वरीयतामा २० औं स्थानमा छ ।


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...