हरी कार्की
चितवन ।नवनिर्मित नेपाली कथानाक चलचित्र देश खोज्दै जाँदा को चितवनमा विशेष शो गरिने भएको छ । चितवनको लक्की मिडिया हाउस चितवनले असोज १९ गते नारायणगढको गणेश चित्र मन्दिरमा विशेष शो आयोजना गर्न लागेको हो । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्र्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउसले विभिन्न नेपाली चलचित्रहरुका कलाकाहरुको साथमा प्रिमियर शो,विशेष शो र च्यारीटी शो गर्दै आएको छ । पछिल्लो समय चलचित्र क्षेत्रमा प्रचार प्रसार एबम सामाजिक काममा समेत सहभागी हुँदै आएको हाउसले दर्शकको माग अनुसार विशेष शो गर्न लागेको हाउस अध्यक्ष हरी कार्की लक्की ले जानकारी दिए । चलचित्रको विशेष शो गर्नुभन्दा अगाडि देवघाटमा रहेको श्री रामजानकी बालिका आश्रममा रहेका ४० जना अनाथ बालिकाहरुको स्वास्थ परिक्षण गरिने कार्यक्रम संयोजक राहुलकुमार सिंहले जानकारी दिए । सो स्वास्थ परिक्षणमा आँखा,दाँत तथा मुख,नाक,कान घांटी,पेट, छाला रोग र जनरल स्वास्थ्य परिक्षण गरिने उनले वताए । प्रकाश आङदेम्बेको निर्देशन रहेकोे यस चलचित्रमा भुटानी शरणार्थीहरुको दुःख र नेपाल छोडेर तेस्रो मुलुक जाँदाको पीडालाई उतारिएको छ । चलचित्रमा बाबु बोगटी, हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...