हरी कार्कि
राजनीतिक कथावस्तुलाई आधार बनाइएको बहुप्रतिक्षित चलचित्र “संरक्षण” को को रेड कार्पेट प्रिमियर शो चितवनमा हुने भएको छ ।
साउन २७ मा रिलिज हुने चलचित्र संरक्षण मा नायकद्धय सौगात मल्ल र निखिल उप्रेती को मुख्य भुमिका रहेको छ । चलचित्र “संरक्षण” लाई मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा यही साउन २५ गते ,बुधबार साँझ ६ बजे क्यूएफएक्स जलमा सिनेमा हल नारायणघाटमा कलाकारहरुको साथमा भव्य रेड कार्पेट प्रिमियर शो हुने भएको छ । नेपाली सिनेमा क्षेत्रका हरेक गतिबिधिलाई प्राथमिकतामा राख्दै नयाँ तथा पुराना चलचित्रहरुको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको मिडिया हाउसले आम दर्शकहरुको रोजाईमा नयाँ नेपाली चलचित्र “संरक्षण” को भब्य रुपमा रेड कार्पेट प्रिमियर शो गर्ने जनाएको छ । राजनीतिक कथावस्तुलाई आधार बनाएर बनाइएको नेपाली कथानक चलचित्र संरक्षण अहिलेको नेपालको राजनीतिक परिवेशसँग मेल खाने हुनाले पनि चलचित्रको सामाजिक सञ्जाल लगायत विभिन्न मिडियाहरुमा व्यापक चर्चा पाइरहेको छ ।
भारतको दार्ज्ििलङमा चलिरहेको गोरखाल्याण्ड आन्दोलन र नेपालको मधेश आन्दोलन, अनि यी दुबै आन्दोलनप्रति आम नेपाली जनताको फरक फरक दृष्टिकोणसँगको यथार्थ कथालाई चलचित्रमा देखाउन खोजिएको छ । शो कार्यक्रममा नेपाली सिनेमा क्षेत्रका चर्चित कलाकारहरुको बाक्लो उपस्थिती हुने जनाईएको छ । रेड कार्पेट प्रिमियर शोमा चलचित्र“संरक्षण” का कलाकार संगै अन्य राष्ट्रिय कलाकारहरुलाई पनि सम्मान गरिने मिडिया हाउसका अध्यक्ष हरि कार्की लक्कीले जानकारी दिनुभयो । चलचित्रको प्रिमियर गर्नुभन्दा अगाडि चितवनका केही अनाथ तथा बृद्धाआश्रममा लत्ताकपडा वितरणको साथै खाना खुवाउने कार्यक्रम रहेको कार्यक्रम संयोजक राहुलकुमार सिंहले जानकारी दिनुभयो । पुर्णेन्दु झाको निर्देशनमा रहेको चलचित्रमा निखिल र सौगात सगै मलिना जोशी, अशिष्मा नकर्मी ,रमेश रञ्जन झा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ, पवन महत्तो, नन्दु श्रीवास्तव र राज कटुवाल लगायतको अभिनय रहने छ । चलचित्रमा प्रदिप कुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी रहेको छ । रमेश रञ्जन र पुर्णेन्दु झाको पटकथा रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायांकन, निमेश श्रेष्ठको सम्पादन, हिमाल केसीको एक्सन, प्रवेश मल्लिकको संगीत रहेको छ ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...