जाडो छल्ने बहानामा अष्ट्रेलिया गएका नायक रेश केही महत्वपूर्ण प्रोजेक्टमा व्यस्त

  |      12:38:00   |  
जाडो छल्ने बहानामा अष्ट्रेलिया गएका नायक रेश केही महत्वपूर्ण प्रोजेक्टमा व्यस्त

मेलवर्न, २८ पुस । चलचित्रका नायक तथा निर्माता रेश मरहठ्ठा यतिखेर जाडो छल्न र आफ्नी प्रेमिका अश्मी अधिकारीलाई घुमाउन अष्टे«लियामा छन् । जाडो छल्ने र प्रेमिका घुमाउने बहानामा नायक मरहठ्ठाको व्यस्तता अरु काममा पनि रहेको बताइएको छ । 
एक हप्ताअघि सिड्नीमा रहेका नायक मरहठ्ठा यतिखेर मेलबर्न पुगेका छन् । उनले त्यहाँ आफ्नो नयाँ फिल्मको लागि सुटिङ स्थल पनि हेरिरहेको बताएका छन् । एकातिर नेपालमा जाडो बढिरहेको छ भने अर्कोतिर नायक मरहठ्ठाको दैनिकी अष्ट्रेलियाको तातो घाममा बितिरहेको छ । उनले अष्टे«लियामा लगानी गर्ने विषयमा पनि त्यहाँ रहेका केही एनआरएनहरु सँग छलफल गरिरहेका छन् ।हाल नायक रेश मरहट्टाले आफु ब्रान्ड एम्बेसडर रहेको मेलबर्नस्थित अस्ट्रेलियन वाइन कम्पनी टेरा फेलिक्सको अवलोकन गरेका छन् । मेलबर्नको मर्निङ्टन पेनेन्सुलामा रहेको सो वाइन कम्पनिका मालिक पिटर सिमनले रेशलाई स्वागत गर्दै आफ्नै उत्पादनहरुका बारे जानकारी गराएका थिए । उक्त भेटमा रेशलाई ३० हजार अस्ट्रेलियन डलरमा चीनका लागि पनि ब्रान्ड एम्बेसडरमा अनुबन्धन गर्ने बारे छलफल भै रहेको सो कम्पनीले बताएको छ । केही महिना अघि फ्रेस फुड ट्रेडर्सले अस्ट्रेलियाका ५ ब्रान्डका वाइनहरु टेरा फेलिक्स, बेरन एन्ड ह्यारोल्ड, पिओज, विलोबी पार्क र प्लान्टजेनेट नेपाल लन्च गरेको थियो । सोही अवसरमा मल्ल होटलमा पत्रकार सम्मेलन गरी नायक मरहट्टालाई ब्रान्ड एम्बेसडर बनाईएको थियो । 
रेश नेपाली पब्लिक आइकन, वाइन र वेष्टरन कल्चर पनि राम्रोसँग बुझेकाले उनलाई ब्रान्ड एम्बेसडर बनाएको पिटर सिमोनले बताए । 
यसैबिच नायक मरहट्टाले भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्य दुत चन्द्र योन्जनसँग पनि भेट गरेका छन् । भेटका अवसरमा उनले अस्ट्रेलियामा शैक्षिक क्षेत्रमा लगानी र चुनौतीका बारे बुझ्नुका साथै समग्र नेपाली चलचित्र क्षेत्रका बारे कुरा भएको उनले बताएका छन् । उनले नेपालमा पर्यटन प्रबद्र्धनका लागि केही गर्ने योजना समेत बनाएका छन् । अवैतनिक महावाणिज्यदूत सँग पर्यटन प्रबद्र्धनका बारे पनि छलफल भएको छ ।
केही समय अघि अमेरिकाको वाशिङ्टन डिसीबाट आफूले लेखेको किताब ट्रिप टु भेगास सार्वजनिक गरेका रेशलाई हवाइको किङ्स युनिभर्सिटीले सम्मानित विद्यावारिधी प्रदान गरेको  थियो । यसै अवसरमा नायक रेशले २०१७ मा आफुले गरेका केही महत्वाकांक्षी प्रोजेक्टहरु रिलिज हुने बताएका छन् । 

 


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...