पहिला राजनीतिक नेतृत्व दरो हुनु प¥यो अनि बल्ल ठीक हुन्छ

  |      17:38:00   |  
तीर्थ लामा सभासद् तथा नेता नेपाली कांग्रेस
तीर्थ लामा सभासद् तथा नेता नेपाली कांग्रेस

राजनीतिसँग सँगै समाज सेवामा बढी ध्यान दिने युवा नेता हुन् काभ्रेका तीर्थ लामा । २०४६ सालको जनआन्दोलनमा समेत सक्रिय भूमिका निभाउनुभएका लामा नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ का सभासद् हुनुहुन्छ । आफ्नो क्षेत्रलाई विशेष ध्यान दिने लामा प्रत्यक्ष चुनावबाट सभासद् हुनुभएको हो । कम्युनिष्ट राजनीतिबाट आफ्नो राजनीतिक करियर सुरु गर्नुभएका लामा २०४६ देखि नेपाली कांग्रेसमा आबद्ध हुनुहुन्छ । अखिल छैटौंबाट लामाले आफ्नो राजनीतिक जीवन सुरु गर्नु भएको हो । कम्युनिष्ट पार्टीमा लाग्दा बढी खोक्रो आदर्श र आश्वासन मात्रै बाँड्ने गरिएकाले पछि उक्त पार्टी परित्याग गरेर कांग्रेसमा सक्रिय भएको लामाको भनाई छ । वि.सं २०३१ सालमा जन्मनुभएका लामा अहिले पार्टीभित्र संसदीय दलको कार्य समिति सदस्य र उद्योग वाणिज्य तथा आपूर्ति समितिको सदस्य हुनुहुन्छ । राजनीति र यसै सेरोफेरोमा आधारित भई लामासँग गरिएको कुराकानीको सार संक्षेप ः
१) किन लाग्नु भयो राजनीतिमा ?
म सुरुमा कम्युनिष्ट पार्टीमा आबद्ध थिएँ । गरिबी र असमानता हटाउने उतिबेला कम्युनिष्ट पार्टीको एजेण्डा थियो । त्यो कुराबाट म प्रभावित भएँ । कम्युनिष्ट पार्टीमा लागिरहँदा पछि त्यो एजेण्डाको कुनै कार्यान्वयन गर्ने तर्फ पार्टीका कोही पनि नेताहरु लागेनन् । त्यो कुरा केबल खोक्रो आश्वासन मात्रै भएको पाएँ । अन्तत ः प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र नै रहेछ भन्ने लाग्यो । प्रजातान्त्रिक शक्तिमा लागेपछि राजनीतिक विभेद अन्त्य गर्ने र समाजको विकासमा अघि बढ्ने अभियानमा सक्रिय हुन राजनीतिमा लाग्न पुगें ।
२) व्यापार व्यवसाय गरिरहेको मान्छे एक्कासी राजनीतिमा लाग्दा केही घाटा भएन ?
वास्तवमा म २०५० सालमा एसएलसी दिएपछि व्यवसायमा आबद्ध भएको हुँ । मेरो कन्स्ट्रक्सन कम्पनी छ । उतिबेला देखि नै ठेक्का पट्टाको काम गर्दै आएको हुँ । म राजनीतिमा लागेर समाजको लागि केही गर्न सक्छु कि भन्ने मेरो पहिलै देखिको चाहना हो । राजनीति र व्यवसाय भनेको आफैंले व्यवस्थापन गरेर अघि बढ्ने हो । अहिले म दुवै चिजलाई सन्तुलन ढंगले मिलाएर हिंडेको छु । म आफैं पहिले देखि नै बुझेर राजनीतिमा लागेको हुँ । मलाई खासै घाटा भएको छैन । मैले मेरो व्यवसाय भाईहरुलाई छाडेको छु । म केबल राजनीतिमा मात्रै अहिले सक्रिय छु । 
३) के भिजन बोकेर तपाई राजनीतिमा छिर्नुभयो ?
मेरो एकमात्र भिजन भनेको समाज सेवा हो । म बढी प्रजातन्त्रमा विश्वास गर्छु । प्रजातन्त्रले नै सबै विभेद अन्त्य गर्छ भन्ने मलाई लाग्छ । यो विचार नै मेरो लागि उत्कृष्ट विचार हो । समाजलाई रुपान्तरण गर्ने काम प्रजातन्त्रले मात्रै गर्छ । हुन त राजनीति भनेको समाज रुपान्तरण गर्ने पनि हो । २१ औं शताब्दीको समाज बन्नुपर्छ भन्ने मेरो विचार रहीआएको छ । यसैका लागि राजनीति गर्दैछु ।
४) भनेपछि तपाईले आफ्नो क्षेत्रका लागि के के काम गर्नुभयो ?
म कांग्रेसमा लागेदेखि नै आफ्नो क्षेत्रका लागि बढी ध्यान दिने गरेको छु । म सभासद् हुनु अघि देखि नै मैले धेरै सामाजिक कार्यहरु गरें । आफ्नो क्षेत्रका लागि बाटोघाटो बनाउने, विद्यालय बनाउने, विद्यालयलाई आर्थिक सहयोग गर्ने । पाटी पौवा र मन्दिर बनाउने जस्ता कार्यमा मैले बढी जोड दिएँ । विशेष गरी जब म काभ्रे क्षेत्र नं. १ बाट सभासद् भएँ त्यसपछि यो क्षेत्रका लागि अहिले सम्म करिब ३० करोडको बजेट पारिसकेको छु । यो बजेट सडक बनाउन र अन्य सामाजिक कामका लागि हो । मेरो क्षेत्रको पाँच वटा विकट गाविसका लागि यसअघि मैले १६ करोडको बजेट बाटोका लागि पारेको थिएँ । अरु गाविसमा पनि १०–१५ करोड त पारिसकेको छु । खानेपानी, भवन निर्माण, बिजुली, स्कुल लगायत थुप्रै आयोजनाका लागि मैले पहल गरें ।
५) यदि तपाई देशको कार्यकारी प्रमुख हुनुभयो भने के के काम गर्नुहुन्छ ?
सबभन्दा पहिले त म राजनीतिक र आर्थिक क्रियाकलापलाई विधिसंगत हिंडाउँथे । यहाँ धेरै कुराहरु विधि संगत नभएर बिग्रिएको छ । म यसलाई सबभन्दा पहिले ध्यान दिन्थे । त्यसपछि २१ औं शताब्दी अनुसारको समाज रुपान्तरण गर्ने बाटोतिर लाग्थे । अहिलेको प्रविधिलाई धेरैभन्दा धेरै प्रयोग गरेर समाजको विकासमा ध्यान दिन्थे । 
६) के कारणले हाम्रो देशमा विकास हुनु सकिरहेको छैन त ?
हाम्रो देशमा सबभन्दा पहिले त राजनीतिक अस्थिरता छ । जताततै भ्रष्टाचार र अनियमितता छन् । राजनीतिक अस्थिरता भएकै कारण यी सब भएका हुन् । विस्तारै अस्थिरता हट्दै जाने वातावरण बन्दै छ । मलाई लाग्छ, अब नेपाल धेरै समय यस्तै वातावरणमा रहँदैन । विस्तारै विकासको चरणमा गईरहेको छ ।
७) भनेपछि नेपाल विकास हुन कति समय लाग्ला त ?
यहाँ नमिलेको कुरा चाहिँ राजनीतिक व्यवस्थापन नै हो । राम्ररी यहाँ राजनीतिक व्यवस्थापन हुन सकेको छैन । मुलुकलाई विधिसम्मत अगाडि डो¥याउन सकिएको छैन । राजनीतिलाई सही ट्रयाकमा लैजानु जरुरी छ । विधिसम्मत हिंडाउनु जरुरी छ । यदि राजनीतिक व्यवस्थापन सही ढंगले हुँदै गयो भने अबको १०–१५ वर्षमा नेपाल विकासको बाटोमा धेरै अगाडि पुग्छ ।
८) अहिले हाम्रो देशका कार्यकारी प्रमुख अर्थात् प्रधानमन्त्रीहरुको समस्या के हो ?
नेपालमा जुन दलको सरकार बनेपनि त्यो सरकार धेरै समय नटिक्नु मुख्य समस्या छ । कुनैपनि दलको शीर्ष व्यक्ति देशको कार्यकारी प्रमुख बनिहाले पनि उसले आफ्नो कमाण्डमा केही पनि काम गर्न सक्दैन । प्रधानमन्त्री जस्तो व्यक्ति निरीह जस्तै बन्नु, आफ्नो भिजन अनुसार कुनैपनि कामलाई अगाडि बढाउन नसक्नु मुख्य समस्या हो । प्रधानमन्त्रीलाई अरु दल र आफ्नै पार्टीभित्रबाट अल्पमतमा पारिदिनु नै मुख्य समस्या हो । जसले गर्दा प्रधानमन्त्रीले सोचे अनुसार केही काम पनि गर्न सक्दैन ।
९) देशको विकास नहुनुमा कतै कर्मचारीहरुको पनि ठूलो दोष छैन र ?
यदि देशमा केही राम्रा काम गर्ने हो भने सबभन्दा पहिले राजनीतिक पार्टीहरु एक हुनु जरुरी छ । कर्मचारीका कारण काम नहुनु, कर्मचारीले मन्त्री, प्रधानमन्त्रीलाई नटेर्नु यी पनि पक्कै समस्या हुन् । तर सबभन्दा पहिले त राजनीतिक नेतृत्व नै सही छ र उसले कमाण्ड गर्न सक्छ भने कर्मचारीलाई टेर्ने बनाउन सकिन्छ । नटेर्ने भन्ने कुरै आउँदैन । यसको लागि पहिले राजनीतिक नेताहरु ठीक हुनु प¥यो । नेतृत्व दरो भयो भने कर्मचारीहरु आफैं तह लाग्छन् । 
१०) सभासद् हुनुअघि र भएपछि जीवनमा के फरक आएको छ ?
पक्कैपनि धेरै फरक आएको छ । पहिला जिम्मेवारी कम थियो तर अहिले जिम्मेवारी धेरै बढेको छ । काम पनि धेरै गर्नु पर्ने छ । पहिलाको र अहिलेको जीवन धेरै फरक भईसकेको छ । अहिले व्यस्तता पनि धेरै बढेको छ । आफ्नो क्षेत्रका लागि धेरै काम गर्नुपर्ने छ । अहिले समस्याहरु लिएर म कहाँ मान्छेहरु धेरै आउँछन् । मैले सहयोग पनि गर्ने गरेको छु । 
११) आफ्नै समुदायका लागि चाहिँ के गर्नुभयो ?
म तामाङ समुदायको भएपनि मैले मेरो समुदायको मात्रै हित चिताउनु हुँदैन । म राजनीतिक व्यक्ति भएकाले समग्र काभ्रे जिल्लाको लागि काम गर्नुपर्छ । हुन त मैले मेरो समुदायको पछाडि परेका र उत्पीडित व्यक्तिहरुलाई सहयोग गरेकै छु । हरेक दृष्टिले पछाडि परेका समुदायहरुका हक अधिकारका बारे बेला बेला आवाज उठाउँदै आईरहेको छु र त्यस्ता समुदायका निम्ति सहयोग गर्दै पनि आएको छु । 
१२) अब देशको राजनीतिक अवस्था के कसरी अगाडि बढ्दै जान्छ त ?
अहिले हाम्रो देशमा अस्थिरता कायम नै छ । राजनीतिक नेतृत्व फितलो छ । देशी विदेशी शक्तिहरुले यहाँ ठूलै प्रभाव जमाईरहेका छन् । दरो लिडरसिप छैन यहाँ । सबै समस्याले प्रभाव पारेको छ । राजनीतिक मुद्दामा कोही कसैले सहमति गर्ने कोसिस गर्दैनन् । सबै जना आ आफ्नो स्वार्थमा लागिपरेका छन् । जब सम्म मुलुकको हित र स्वार्थका लागि सोचिदैन तबसम्म कुनै निकास निस्कने सम्भावना छैन । सबैजना यहाँ आ आफ्नै तालमा छन् । राजनीतिक सहमति नगरीकन अहिले कुनैपनि समस्याको समाधान निस्कने अवस्था देखिंदैन । अब धेरै ढिला नगरी सहमति र सहकार्य गरी अगाडि बढ्नु जरुरी भईसकेको छ ।  
प्रस्तुति ः शुकदेव चापागाईं

 


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...