खड्गबहादुर विश्वकर्मा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेता हुन् । यो पार्टीले आइतबार महंगी नियन्त्रण गर्न र खाद्यन्न सम्प्रभुताको ग्यारेन्टी गर्न माग गर्दै नेपाल बन्दको आह्वान गर्यो । मुलुकमा जल्दाबल्दा समस्या रहेकको बेला यस्तो आन्दोनको आवश्यकता किन पर्यो भन्ने विषयमा नेता विश्वकर्मासँग छोटो कुराकानी गरिएको छ । प्रस्तुत छ सो कुराकानीको सम्पादीत अंश ।
बन्दको आयोजना गरेपछि गरिब जनताको आय मर्छ । उनीहरुको क्रयशक्ति कमजोर हुन्छ । उनीहरुकालागि महंगी झन बढ्छ । तपाईहरु महंगी नियन्त्रण गर भन्दै नेपाल बन्द गर्नुहुन्छ । आन्दोलन उल्टो भएन ?
– जनताले संघर्ष गर्दा यदि सत्ताका सञ्चालकहरु जिम्मेवार भएनन् भने संघर्ष गर्नुपर्ने स्थिति आउँछ । कहिले कडा रुप हुन्छ कहिले नरम । जनआन्दोलन, जनसंघर्ष, जनयुद्ध पनि संघर्ष नै हो । यी रुपहरुबाट कहिलेकाहीँ जनता बढी प्रभावित हुन्छ । तर यो सबै स्थिति सिर्जना गर्ने राज्यका सञ्चालक हुन् ।
राज्य सञ्चालन गर्नेलाई तपाईको आन्दोलने के फरक पर्छ त ?
–हो उनीहरु महलमा बस्छन् । एकजनाले लाजिम्पाटमा दरबार सञ्चालन गरेका छन्, अर्काको त बुढानिलकण्ठमा पहिलेदेखि नै छ । यीनीहरुले नै देशमा यो स्थिति सिर्जना गरिरहेका छन् । देशद्रोही हर्कत गरेर राष्ट्रियता संकटमा पुर्याएका छन् । यीनीहरुविरुद्धको राजनीतिक संघर्ष जारी छ ।
हिजो प्रचण्डसँग मिलेर १७ हजारको ज्यान लिनु भयो । अहिले फेरि यीनै प्रचण्डविरुद्ध आन्दोलन गरिरहनु भएको छ । तपाईहरुको आन्दोलन एउटा विन्दुमा पुगेर सकिन्छ भन्ने कुरा कसरी पत्याउँने ?
– आन्दोलन भनेको राष्ट्र र जनताको हितमा गर्ने हो । राज्य सञ्चालन गर्नेहरुले गलत काम गर्न लागे भने गर्ने हो । सत्तामा हिजो को थियो, आज को छ महत्वपूर्ण हुँदैन । जनयुद्ध गरेर आएका प्रचण्डले केही गतिलो काम गर्लान भन्ने सोचेका थियौं । यीनले त एमाले र कांग्रेसलाई जितेर राष्ट्रघात गर्न थाले ।
अस्ति मुखर्जी आउँदा हामीले प्रधानमन्त्री र राष्ट्रपति जसलाई भन्छौं्र उनीहरु त मुखर्जीका नोकर रहेछन् भन्ने पुष्टि भयो । यस्ता राष्ट्रघातीविरुद्ध संघर्ष त गर्नै पर्यो नी ।
अंगीकृत नागरिकलाई राष्ट्रपति बनाउने, फेरि शिविर सञ्चालन गरेर नागरिकता बाँढ्ने जस्ता गम्भीर विषय अगाडि आएका छन् । मुख्य कुरा एकातिर तपाईहरु चाहिँ कुम्लो बोकेर अर्कै तिर जस्तो भएन ?
हामीले २ महिना अगाडि नै यो बन्दाको घोषणा गरेका थियौं । त्यो भएकोले यी पछिल्ला घटनाक्रम नसमेटिएको जस्तो देखिएको हो । अंगीकृतलाई राष्ट्रपति बनाउने भन्ने कुरा त दलाली र आत्मसपर्मणको पराकाष्ठा नै भयो । फेरि नागरिकता बाँडेर मुलुकलाई क्रिमियाकरण गर्न खोजिएको कुरा स्पष्ट छ । यस्ता गद्दार राष्ट्रका कुपुत्रहरुविरद्धको आन्दोलन अझै कडा भएर आउँछ ।
आफ्ना पूर्वअध्यक्ष, देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकालागि केही सन्देश छ ?
– भक्तपुर, बौद्ध र ललितपुरमा ‘महंगी नियन्त्रण गर’ भनेर उभिँदा पनि हाम्रा कार्यकर्तालाई प्रचण्ड सरकारका प्रहरीले पक्राउ गर्यो । जनयुद्धको नेतृत्व गरेर आएका कारण पनि उहाँले एमाले र कांग्रेसलाई उछिनेर निरंकुश हुनुभएको होला । तर म उहाँलाई आग्रह गर्न चाहन्छु, बाहिर हेर्नुहोस सडकमा । सरकारको राष्ट्रघातविरुद्धको आन्दोलनमा जनताको ऐक्वबद्धता ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...