भरतपुर महानगरमा रेणु र देवीको फाइनल प्रतिस्पर्धा

  |      20:47:00   |  
भरतपुर महानगरमा रेणु र देवीको फाइनल प्रतिस्पर्धा


दिपेश कडरीया
नारायणगढ,१४ जेठ ।  स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भएको दुईसाता बितिसकेको छ । देशभरको मतपरिणाम आइसकेको छ । तर, अझै पनि भरतपुर महानगरको चुनावी सरगर्मी बाँकी नै छ । 
 
भरतपुर महानगरको २९ वडामध्ये अब १९ र २० वडामात्रै मतगणना बाँकी छ भने १९ नम्वर वडाको मतगनणा कार्य भइरहेको छ ।   यो समाचार
 तयार गर्दा सम्म  ५ हजार ५६२ मतमात्रै गणना गर्न बाँकी छ । २७ वटा वडाको मतगणना सकिँदा माओवादी केन्द्रकी रेणु दाहालले ४० हजार ४३७ मत पाएकी छन् भने एमालेका देवी ज्ञवालीले ४१ हजार २०१ ल्याएका छन् । आइतबार राती ९ बजे सम्म मा  १९ नम्बर वडाको मतपरिणाम आउँदासम्म मतान्तर ७६४ रहेको थियो ।  
 
रेणु दाहालले शनिबारदेखि निरन्तर रुपमा मतान्तर घटाउँदै आएकी छन् । यतिबेला भरतपुर महानगरको फाइनल प्रतिस्पर्धामा कसले बाजी मार्ला भनेर विश्लेषण गर्न गाह्रो परेको छ ।
 
कांग्रेसको समर्थनबाट साझा उम्मेदवारका रुपमा प्रस्तुत भएकी रेणुले कांग्रेसका आधार क्षेत्र मानिएका वडाहरुबाट अपेक्षित मत हासिल गर्न नसक्दा निरन्तर रुपमा देवी ज्ञवालीले अग्रता लिएका छन् । तर, पछिल्लो मतगणना भएका वडा र त्यसले रेणुलाई दिलाएको मत हेर्दा कसले बाजी मार्ला भनेर अहिल्यै अनुमान गर्नु छिटो हुने देखिन्छ । 
 
 
उसो त अब मतगन्न बाँकी रहेका दुई वडा कांग्रेसले वडाध्यक्ष जित्ने वडाहरु मानिन्छन् । तर, वडा नं १९ मा आफूले जित्ने एमालेको पनि दाबी छ ।
 
कांग्रेसले माओवादी उम्मेदवार रेणुलाई दिएको मत र देवीले पाएको मतको फैसला गर्ने मतपेटिकाले नै हो । अब मतगणना हुन ५ हजार ५६२ मत बाँकी रहँदा देवीको अग्रता ७६४ रहनुले एमालेलाई पनि ढुक्क हुने अवस्था देखिँदैन । 
 
कांग्रेसले आफ्नो उम्मेदवारमात्रै उठाए पनि कांग्रेस भारी मतसहित विजयी हुने हुँदा रेणुलाई कांग्रेसको ६० देखि ७० प्रतिशत मत गए पनि उनको विजय सुनिश्चित हुने विष्लेषण गर्न सकिन्छ ।


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...