मन्थलीमा नयाँ प्रयोग

  |      12:13:00   |  
मन्थलीमा नयाँ प्रयोग

काठमाडौं । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा नयाँ प्रबिधिको पानी तान्ने पम्पको सफल परीक्षणपछि कृषकहरु उत्साहित भएका छन् । 
जिल्ला कृषि बिकास कार्यालय रामेछापले जिल्लामा सिँचाईको लागि पानी तान्ने बर्षा पम्म भित्र्याएसँगै उनीहरु उत्साहित भएका हुन ।
बिना इन्धन पानीको बहाबले पम्प घुम्दा  २० मिटर भर्टिकल हाइटमा यो प्रविधिबाट पानी पम्प गर्न सकिन्छ । यदि सतह सिधा हुने हो भने अझै बढी दूरीमा पनि पानी पम्प हुन सक्छ । २४ सै घण्टा पानी फाल्ने यस प्रबिधिले कृषकहरुको आय आर्जनमा बृद्धि हुने बिश्वास लिइएको जिल्ला कृषि बिकास कार्यालयका  बरिष्ठ कृषि बिकास  अधिकृत राजेन्द्र मल्लले बताए । 
नदीमा बगेको पानीमा स्वचालीत डायनामो जस्तो पम्प राखि पानीको वहाबले डायनामो घुमाएर पानी फाल्ने यो प्रविधि नमुनाको रुपमा मन्थलीका एक तरकारी कृषकको  फार्ममा जोडिएको छ ।
नेपालबाट पढ्न गएका इञ्जिनियरहरुले नेदरल्याण्डमा विकास गरेको सो पम्पले २० मिटर भर्टिकल हाइटसम्म पानी फाल्न सक्ने बताइएको छ  । जेनेरेटर वा विद्युतिय पम्पम्बाट पानी तान्दा त्यसको लागत महंगो पर्न गइ कृषि जन्य वस्तुको उत्पादन लागत बढी हुने गर्दछ । यो प्रविधिमा इन्धन नलाग्ने भएकोले नेपाली किसानका लागि उपयोगी  हुन सक्ने विश्वास लिइएको छ । 
यो प्रविधि जडान गरिएपछि तरकारी उत्पादनमा लागत घट्ने कृषक युवराज श्रेष्ठ बताउँछन् । उनले मन्थलीको आकासेमा अहिले ५२ रोपनी जग्गामा तरकारी खेती लगाएका छन् । 
सो खेतीका लागि उनले विद्युतीय पम्पबाट तामाकोसीको पानी तान्ने गरेका थिए । यसरी नदीको पानी तान्दा विद्युतको लागि मासिक ४ देखि ५ हजार रुपैयाँसम्म ख र्च हुने गरेको थियो । जसका कारण तरकारीमा पर्याप्त मुनाफा नहुने, तरकारीको मुल्य महंगो तोक्नु पर्ने हुन्थ्यो । 
कुल २ लाख ५० हजार रुपैयाँ पर्ने सो मेसिनले २४ घण्टामा २० हजार लिटर पानी फाल्ने परिक्षणका क्रममा देखिएको छ । ।  सिँचाई पोखरी निर्माण गरी पोखरीमा पानी जमाएर सुक्खा याममा सिँचाई गर्न पनि यस प्रबिधिबाट सकिने  जनाइएको छ । बिना इन्धन पानी तान्ने यस्तो मेसिन  पर्याप्त मात्रामा बितरण गर्न सके जिल्लामा कृषिजन्य वस्तुको उत्पादन वृद्धि हुने किसानहरु बताउँछन् । 

 


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...