माघ महिना र त्यसको महत्व

  |      13:55:00   |  
माघ महिना र त्यसको महत्व

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा मनाइने यस पर्ब लाई मकर संक्रान्ति तथा माघी पनि भन्ने गरीएको छ । यस पर्ब बिभिन्न समुदायले बिभिन्न नाममा धुमधामका साथ मनाउने गरेको पाईन्छ । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाउने गरीनछ । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ ।
ज्योतिष शास्त्रका अनुसार सौर तिथिका हिसाबले यसै दिनदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने गर्दछ । त्यसैले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि(साउने संक्रान्ति) र मकर राशि(माघे संक्रान्ति)प्रवेशलाई धार्मिक दृष्टिले मह्त्वपूर्ण
दिनको रुपमा लिने गरीन्छ । यो दिन देखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ तापनि आजभोली पुष ७ गतेबाटै दिन लम्बिन र रात छोट्टिन शुरु हुन्छ ।
 भविष्य पुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी होइने उल्लेख छ । मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने(भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राह्मण आ(आफ्ना यजमानकहाँ गई महिना सुनाउँछन्। महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन् । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।
नेपालमा रहेका विभिन्न समुदायपिच्छे माघे संक्रान्तिले धार्मिक, संस्कृति तथा ऐतिहासिक महत्व बोकेको छ । माघे संक्रान्तिलाई मगरहरुले माघे सकराती पर्वका रुपमा मना
उछन् भने तराईका थारु समुदायले माघी पर्वको रुपमा मनाउने गरेका छन् । हिन्दूहरुले मकर संक्रान्तिको रुपमा मनाउने यो पर्व लिम्बूहरुे कक्फेक्वा तङनामको रुपमा मनाएका छन् । यस्तै, गुरुङदेखि राउटे समुदायसम्मले यो चाड हर्षोल्लासका साथ मनाएका छन् ।
माघे संक्रान्तिको दिन नदीमा गएर नुहाउदा पाप कटी पूण्य प्राप्ति हुने जनविश्वास रहेको छ । पूर्वको प्रशिद्ध नदी सप्तकोशी, कन्काईलगायत नदीमा नुहाउन दर्शनार्थीको भीड लागको छ । सप्तकोशीमा सुनसरी र सप्तरी जिल्लाका साथै भारतको बिहारसम्ममा मानिसको भीड लागेको छ । सुनसरी, धनकुटा र उदपुरको संगम स्थल सप्तकोशी नदी र कोकाहाखोलाको त्रिवेणीमा पनि मकर नुहाउनेहरुको घुइचो लागेको छ । झापास्थित कनकाई नदी किनारमा माइबेनी मेला 
लाग्ने गरेको छ ।
यसैगरी पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा माघे संक्रान्ति मेलामा भक्तजनको घुइचो लाग्ने गरेको छ ।। त्यहा नेपालका विभिन्न जिल्ला तथा भारतबाट समेत भक्तजन आएर स्नान र पूजाआजा गरेका छन् । देवघाटमा स्नानगरी पूजा गर्नाले मोक्ष मिल्ने र मनोकामना पूरा हुने विश्वास रहेका छ । आइतबार आएका भक्तजन रातभर भजनकीर्तनसहित धुनी लगाई जाग्राम बसेर बिहान नै नुहाएर पूजाआजामा सक्रिय रहन्छन । परापूर्वकालदेखि नै देवघाटमा यो समयमा विशेष मेला लाग्दै आएको छ ।
माघे सक्रान्तीको अवसरमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा धार्मिक मेला लागेको छ । उक्त क्षेत्र धाममा भक्तजनहरुले बिहानैदेखि कालीगण्डीमा स्नान गरी पूजापाठ मा ब्यस्त रहन्छन । कालीगण्डकीमा स्नानको लागी पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाची, रुपन्देही, कपिलबस्तु, पर्वत, कास्की, गोरखा, लगायतका स्थानबाट भक्तजन
पुग्ने गरेका छन् ।
कालीगण्डकी नेपालकै महत्वपुर्ण धार्मिक नदी भएकाले भारतका विभिन्न शहर बाट समेत स्नानको लागि भक्तजनहरु रुरु क्षेत्र धाम रिडिमा 
पुग्ने गरेका छन् । यहा स्नानका लागि पहिलो दिन जान नसकेका भक्तजन दोस्रो दिन, दोस्रो दिन जान नसकेका भक्तजन तेस्रो दिन जाने परम्परा रहेकाले जेठी, माईली र कान्छी सक्रान्तीको रुपमा धार्मिक मेला लाग्दै आएको छ । चार धाममध्येको एक धामको रुपमा परिचित रुरु क्षेत्र धाम रिडिमा कालीगण्डकीको स्नान गरी हृषिकेश भगवानको दर्शन गरेमा पुन्य प्राप्त गरी स्वर्गमा बास हुने जनविश्वास रहेको छ ।
 

 




Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...