संविधान संशोधन नगरी सरकारले आगामी बैशाख ३१ गते स्थानीय तहको निर्वाचन घोषणा गरेको भन्दै मधेसी मोर्चाले आज मधेस बन्द आव्हान गरेको छ । नेता कार्यकर्ता सडकमा सरकार विरुद्ध नाराबाजी गर्दै टायर बालेर मोर्चा विरोध प्रदर्शनमा जुटेका छन् । मधेशका सबै जिल्ला सदरमुकाम र शहर चोकमा विरोध प्रदर्शन भइरहेको जनाईएको छ । लामो समयपछि मधेश आज पुनः ठप्प भएको छ ।
मधेस बन्दका कारण तराईका केहि स्थानहरुमा जनजीवन प्रभावित भएको बुझिएको छ । यस अघि हिजो साँझ सरकारले आगामी बैशाख ३१ गते स्थानीय तह निर्वाचन गर्ने घोषणा गरे लगत्तै मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
संशोधन अघि चुनावको औचित्य नभएको भन्दै चुनाव घोषणा गरेर मधेसलाई द्वन्द्वमा धकेल्ने काम भएको मोर्चाको आरोप छ ।मोर्चाले आज मधेस बन्द गर्ने घोषणा गरेको छ भने मोर्चाले विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १५ दिनसम्म गाउँगाउँमा भन्डाफोर कार्यक्रम पनि सञ्चालन गर्ने जनाएको छ ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...