राधी विद्युतको साढे ७ लाख कित्ता आइपीओको बिक्री खुल्यो

  |      00:00:00   |  
राधी विद्युतको साढे ७ लाख कित्ता आइपीओको बिक्री खुल्यो

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्धित राधी विद्युत कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) सोमबारदेखि बिक्री खुला हुने भएको छ । कम्पनीले ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५५० कित्ता आइपीओको बिक्री खुला गरेको छ । राधीले १५ प्रतिशत अर्थात ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।

यही पुष ३ गतेदेखी छिटोमा पुस ६ गते र ढिलोमा पुष १७ गते सम्म आवेदन गर्न सकिनेछ । कम्पनीका अध्यक्ष विनय भण्डारीले जानकारी दिए ।लगानीकर्ताले न्यूनतम ५० कित्ता अर्थात पाँच हजार रुपैयाँ देखि अधिकतम ३,८०० कित्ता अर्थात ३ लाख ८० हजार रुपैयाँसम्म आवेदन दिन सक्नेछन् । 

धितोपत्र बोर्डबाट गत कात्तिकको पहिलो साता आईपीओ निष्कासन गर्न स्वीकृति पाएको थियो । यसअघि आयोजना प्रभावित स्थानियबासिन्दालाई १० प्रतिशत आईपीओ निष्कासन गरेको थियो ।

४.४ मेगावाट क्षमताको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको कम्पनीमा लम्जुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड  को ६३.५ प्रतिशत स्वामित्व छ ।

संस्थापक सञ्चालक तथा आयोजना क्षेत्रका स्थानियबासिन्दालाई आईपीओ जारी भइसकेकाले उनीहरु यो खरिद प्रक्रियामा सहभागी हुन नपाउने कम्पनीले जनाएको छ । राधीको चुक्तापुँजी ३३ करोड ३५ लाख ४० हजार रुपैयाँ छ । आईपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी ४१ करोड रुपैयाँ हुनेछ ।

गत वर्ष राधीले बिजुली बिक्रीबाट १४ करोड ५० लाख रुपैयाँ थियो । गत वर्ष राधीले ७ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीको संचित कोषमा २९ करोड ८४ लाख रुपैयाँ छ ।
कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिगं लिमिटेड रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित लमजुङबासीका लागि ४ लाख १० हजार कित्ता र सर्वसाधारणका लागि ६ लाख १५ हजार कित्ता सेयर गरी १० करोड २५ लाख रुपैयाँ बराबरको १० लाख २५ हजार कित्ता सेयर छुट्याएको थियो ।

जसमध्ये कम्पनीले आयोजना प्रभावित लमजुङ बासीका लागि ४ लाख १० हजार कित्ता सेयर गत बैशाख ५ गतेदेखि जेठ ३ गतेसम्म निष्काशन गरेको थियो । तर उक्त सेयरमध्ये १ लाख ४९ हजार ५५० कित्ता सेयर बिक्री हुन सकेको थिएन ।


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...