विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम रोक्न ट्रम्पको निर्देशन

  |      00:00:00   |  
विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको रकम रोक्न ट्रम्पको निर्देशन

एजेन्सी । अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने भएको छ । ह्वाइटहाउसले गर्दै आएको नियमित पत्रकार समेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई अमेरिकाले दिँदै आएको आर्थिक सहायता रोक्न आफूले निर्देशन दिइसकेको जानकारी दिए ।

विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमण फैलिन नदिन डब्लुएचओले गरेको काम निकै कमजोर रहेको आरोप पनि ट्रम्पले लगाएका छन् । कोरोना भाइरस नियन्त्रणको आधारभूत प्रयासमै डब्लुएचओ असफल भएको ट्रम्पको अभियोग छ ।

कोरोना भाइरसको संक्रमण चीनमा देखिएपछि त्यसको ढाकछोप गरेको गम्भीर आरोप पनि ट्रम्पले संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएचओमाथि लगाएका छन् । यो अवव्यवस्थाका लागि डब्लुएचओ जिम्मेवार हुनैपर्ने तर्क उनको छ ।

वाइट हाउसमा पत्रकारहरुसँग ट्रम्पले भने, ‘मैले मेरो प्रशासनलाई डब्लुएचओलाई दिइँदै आएको सहयोग रोक्न र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि गरेको खराब व्यवस्थापन तथा चीनको ढाकछोप गरेको घटनाको मूल्यांकन गर्न भनेको छु ।

डब्लुएचओको खर्चमा अमेरिकाको सबैभन्दा ठूलो हिस्सा रहने गरेको छ । गत वर्ष मात्र अमेरिकाले डब्लुएचओलाई चार सय मिलियन अमेरिकी डलर दिएको थियो । यो डब्लुएचओको कुल बजेटको करिब १५ प्रतिशत हो ।

यसअघि पनि ट्रम्पले कोरोना भाइरसको संक्रमणका सन्दर्भमा डब्लुएचओले चीनको पक्षमा वकालत गरेको आरोप लगाउँदै सहयोग रोक्ने चेतावनी दिइसकेका थिए । ट्रम्पको यस्तो आरोपमा डब्लुएचओका प्रमुखले भने कोरोना भाइरसको महामारीलाई राजनीतिकरण नगर्न आग्रह गरेका थिए ।

अमेरिकामा कोरोना संक्रमणले धेरै मानिसको ज्यान लिएपछि घरभित्रै आलोचित ट्रम्पले आफ्नो प्रशासनको कमजोरीको दोष पनि डब्लुएचओमाथि लगाउन खोजेको टिप्पणी भइरहेका बेला उनले यस्तो निर्णय लिएका हुन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म करिब २७ हजार मानिसको मृत्यु भएको छ भने ६ लाख १३ हजारभन्दा बढी संक्रमित भएका छन् ।


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...