लाल कृष्ण धमला
विश्व शक्तिरास्ट्र अमेरिकामा कसैले कल्पना नगरेका डोनाल ट्रम्पले अत्याधिक मत ल्याएर हिलारी क्लिन्टनलाई उछिनेर अमेरिकाको रास्ट्रपती बने । यतिवेला पुरै विश्वलाई डोनाल ट्रम्पले घुमाउनेकुरा पायस निस्चितछ । वराक ओवामा सरकारको सबैजसो कुरा ट्रम्प सरकारले परिवर्तन गर्ने चुनावी नारालाई सार्थकता दिन ट्रम्प अघी बढेको कुरा घटनाक्रमले देखाउन थालिसकेकोछ । सारा विश्व लाई हेर्ने ट्रम्प निती नेपालमा नपर्ला भन्न मिल्दैन । नेपालमा चलिरहेको र फलेको राजनीति बदलिँदैन भन्न मिल्दैन । विश्व शाक्ति रास्ट्र अमेरिका र उदाएको शक्ति चीनबिच कस्तो सम्वन्ध रहन्छ त्यस्को प्रभाव पक्कैपनी नेपालमा पर्नेछ । सायद ट्रम्प सरकार झास्केको छ भने चीनसँग झस्केको छ । रुससित ट्रम्पको सुमधुर सम्वन्ध छ भन्नेकुराको जानकारी तत्कालिन वाहल रहेका रास्ट्रपति बराक ओवामाले पुष्टिगरी सकेका छन् ।
अमेरिकाको रास्ट्रपतिय निर्वाचनमा धाँधली गरेर हिलारीलाई हराउन र ट्रम्पलाई जिताउन सक्ने रुसी रास्ट्रपति पुटिनलाई कम चतुर खेलाडी मान्न मिल्दैन । आगामी दिनमा विश्व शक्ति रास्ट्र अमेरिकी राष्ट्रपतिको कुरा हुवहु पुटिनले मान्लान नमान्लान भविष्यले देखाउला । आफुले सहयोग गरेर जिताएको डोनाल ट्रम्पलाई जताभन्यो त्यतैतिर डोहोर्याउन पुटिन सक्षम होलान् नहोलान् अडकल गर्न कठिन छ । उदाएको शक्ति चीन र शक्ति राष्ट्र भारतको बिचमा रहेको नेपालको राजनीति कतावाट निदेशित हुनेहो सहजै अनुमान गर्न कठिन छ । सवैको आ–आफ्नो स्वार्थले नेपाल खेलाउने दाउमा उनिहरु र स्थानीय खेलाडीहरु खेलमा रमाउने गरेभने नेपाल लिविया र सिरिया जस्तो नवन्ला भन्न सकिन्न ।
लाग्छकी यतिवेला नेपालको स्थलगत घडिको सुई उल्टो घुमिरहेछ । घडिकोसुई उल्टो घुम्दा नेपालको शक्ती गुमिरहेको छ । जसको कारण विभिन्न मुलुकमा शान्तिसेना खटिने मुलुकमा राष्ट्रसंघको नामले बहुराष्ट्रिय शान्तिसेना भित्रिने कुरालाई नकार्न सकिन्न । कथम कदाचित बहुराष्ट्रिय शान्तिसेना नेपाल भित्रियो भने शान्तिक्षेत्र नेपाल सोमालिया रुपी द्वन्द्वमा फस्नेछ । त्यो दिन सबै नेपाली एक हुनेछन् तर समय घर्किसकेको हुनेछ । त्यस भन्दा पहिल्यै खसी बोका झँै गरी बिकिसकेका हरुले आ आफ्ना मालिकको आदेश मान्नेछन् । त्यो दिन यस्तो हुनेछ की अंग्रेजबाट पिल्सिएका भारतियहरुको जस्तो अवस्था नेपाली समाजले ब्यहोर्नु पर्नेछ । सोमालिया, लिविया र सिरिया जस्तो नेपाल हेर्ने दाउमा रहेका हरु हर्षले गदगद हुनेछन् ।
म नेपालको सम्पदा विदेसिलाई जिम्मा लगाएर राजा भैरहन चाहन्न भन्ने राजा किन ओझेलपरे ? कसरी बन्यो अन्तरिम संविधान ? संविधानसभाको पहिलो निर्वाचन नै वैधानिक थियो त ? त्यसरी अवैध वाटो प्रयोग गरेर आएको संविधानसभाले गणतन्त्र घोषणा कसरी गर्याे ? त्यही अन्तरिम नामधरी संविधानमा समेत ब्यावस्था नै नभएको सर्वोच्च अदालतका बहाँलवाला प्रधान न्यायाधिशको अध्यक्षतामा बनेको अवैधानिक सरकारले गराएको दोश्रो संविधानसभाको निर्वाचन वैध कसरी भयो ? त्यस्तो अवैधानिक सरकारले वनाएको २०७२ को संविधान कसरी वैध हुन्छ ?
यतिवेलाको अवैधानिक सरकार भन्छ नयाँ संरचना निर्माण गर्ने र संघीय राज्य निर्माण गर्ने भनेर जनाता झुक्याएर पुरानै संरचनामा निर्वाचन गराउने भनेर हल्ला पिटाउँदैछ । के गर्न लागेको हो ? विश्वलाई रमिता देखाउने भो । भन्दैछ केन्द्रीय सरकार जनतालाई टाढाभो तर गर्दैछ धेरै गाविस मिलाएर थोरै पार्दैछ जनतालाई सास्ति दिन टाढा धाउन पर्ने पार्दैछ, यो भन्दा रमिता अरु के हुनसक्छ ?
विश्व परिघटनालाई नियालेर सद्दाम हुसेनको विलय पछिको ईराक, गद्दाफिको पतासाफ पछिको पछिको लिविया, अनि बिदेशीको चक्रब्युहमा फसेको अफ्गानिस्तान र सिरिया जस्ता मुलुकको हालतलाई सम्झना गरेर शान्तिक्षेत्र नेपालमा त्यस्तोदिन नाआओस् भनेर अलिकति पनि नेताहरुसँग सोचाइ छ भने म नेपालको सम्पदा बिदेशीलाई जिम्मा लगाएर राज्संस्था जोगाएर राजा भैइरहन चाहन्न भन्ने माहान् रास्ट्रवादी कोमल हृदयका धनी ति राजा ज्ञानेन्द्र लाई नारायणहिटिमा भित्र्याउनै पर्छ । तव उनको समेत सल्लाहमा नेपालको उज्वल भविष्यको नक्सा निर्माणमा लाग्नुपर्छ । त्यस्तो भयोभने आगामी २० बर्षमा विश्वको एकमात्र सम्पुर्ण कुराले भरिपुर्ण विकसित देश नेपाल बन्नेछ ।
तस्तो भयोभने विगतमा हाम्रा पुर्खाले देखाएको वहादुरी र बगाएको रगत र पसिनाको कदर हुनेछ ।
उतिबेला वेलायती सैनिक जनरल लर्डहेस्टिङ्ले मलाई विश्वको कुनैपनि फौजसँग डरलाग्दैन तर एउटै गोर्खाली फौज भनेपछी मेरो मटु लुगलुग काँप्छ भनेर वहादुरी सम्झेको जनरलको विचारसँग मेल खाएर हाम्रा स्वर्गिय पुर्खाको आत्माले शान्तिपाउनेछ । जसकोलागि सर्व प्रथम वर्तमानमा नेतृत्वमा रहेका हरुले आफु सच्चिएर अवैधरुपले अघिबढेको घटनाक्रम लाई सच्याउनुपर्छ । नेताहरुलाई सच्याउन लाजलाग्छ वा आँट छैन भने देश निर्माता पृथ्विनारायण शाहले यो मुलुकको रक्षागर्न १८१९ मा स्थापना गरेको नेपाली सेनाले वर्तमान नेपालको घटनाक्रमको गाम्भिर्यता लाई मनन् गरेर २०४७ को संविधान क्रियाशिल भयो भनेर तत्काल बोल्नुपर्छ । जसवाट शान्तिक्षेत्र नेपालको मात्रै नभएर छिमेकी चीन र भारतको समेत कल्याण हुनेछ । नेताको ध्यान मुलुक सपार्नतिर जाओस् मुलुकले छिटो निकास पाओस् ।
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...