एकाएक लोडसेडिङ अन्त्यको खबर बाहिरीयो, यो कसरी सम्भव भयो ?
– मूलतः हामीले माग र आपूर्तिलाई व्यवस्थापन गर्यौं । तिहारमा सबैभन्दा बढी विद्युतको माग हुन्छ । त्यो माग कसरी पूरा गर्ने भन्ने विषयमा हामीले ध्यान दिएका हौं ।
७१ सालमा विद्युत प्राधिकरणले तिहारमा धेरै बत्ति नबाल्न जनतालाई सूचित गथ्र्यो । अहिले त्यसो गर्नु परेन । थप विजुली ल्याउनु भयो वा अरु केही थियो उपाय ?
– हामीले सूचना जारी गरेनौं । जारी गरे पनि नगरे पनि मानिसले बत्ति बालिहाल्थे । हामीसँग भएको बिजुली व्यवस्थापन सबै पावर प्लान्टहरुलाई अधिक क्षमतामा चलायौं । तिहारको पिकमा करिब ३ घण्टा डिजेल र कुलेखानी पनि चलायौं । कुलेखानी र डिजेल प्लान्ट ३ घण्टापछि चलाउन परेन । अरु अन्य पावर प्लान्ट सर्ट डाउन भएनन । आयातलाई पनि पिकको बेलामा आयात गर्यौं । आयात र स्विचिङ मिलायौ । नो लाइट सेन्टरलाई पनि तयारी अवस्थामा राख्यौं । त्यही भएर पनि लोडसेडिङ भएन । त्यो दिन ९६६ मेगावट प्रवाह गर्यौं । यो विषय देशभरकै कुरा हो ।
तपाईले जे गर्नुभयो, त्यो काम २ वा ३ वर्ष अगाडि गरेको भए पनि यस्तै सुखद नतिजा आउने थियो ?
– आपूर्तिको अवस्था पोहोर पनि त्यही थियो । असार साउनमा पनि धेरै थियो । स्थिति त्यही हो । अहिलेको अवस्था त जटिल हो । यस अघि कम जटिल हो । हामीले आपूर्ति र वितरणको व्यवस्था मिलाउने कुरा हो । भौतिक पूर्वाधारको विषय पनि राम्रो बनाउनु पर्छ । अपरेसन पनि महत्वपूर्ण हो । ठाउँ ठाउँमा अपरेसन गर्ने तरिका फरक हुन्छ । राम्रो अपरेसन गर्न सकिएन भने बिजुली भएर पनि लोडसेडिङ हुन्छ । अपरेसन, आपूर्ति, पूर्वाधार र माग व्यवस्थापन गर्नु पर्छ ।
यी चारवटा बिषय बेलैमा गरेको भए १८ घण्टाको लोड सेडिङ भोग्नु पर्ने थिएन त ?
– त्यस्तो चाहिँ नहोला । किनभने १८ को सट्ट १० मै हुन्थ्यो होला । पूरै फरक चाहिँ पर्दैन । माग र आपूर्तिको तालमेल नमिलेपछि हुँदैन । हामीलाई अधिकतम २४ सय मेगावाट बिजुली चाहिन्छ । त्यसपछि क्रमश घटदै जान्छ । राति त ६ वा ७ सय मात्रै हुन्छ । २२ घण्टा जति ७–८ सय मेगावाटले पुग्छ । २२ घण्टालाई व्यवस्थापन गर्दा २ घण्टा मेनेज भइहाल्छ । काठमाडौमा लोडसेडिङ नगर्ने भनेको अन्त २ घण्टा काटेर काठमाडौलाई दिने भेनेका हो । व्यवस्थापन भनेको त्यही हो ।
काठमाडौंमा नगरेर गाउँमा गर्ने ? सहरमा पोसेर गाउँको बिजुली खोस्ने ?
– अहिले तिहारमा प्रायः ठाउँमा भएन । छठमा कतै पनि तराईमा भएन । लोडसेडिङ भनेको नियमित कुरा हो । सहरलाई पोसेर गाउँ काट्ने भन्ने कुरा होइन । अहिले एउटा काठमाडौ केन्द्र हो । यो ठाउँबाट लोडसेडिङ अन्त्य भएको राम्रो सन्देश पठाउन गरिएको हो । विस्तारै सबै तिर हुन्छ । देशभर नै एकैपटक लोडसेडिङ अन्त्य हुँदैन ।
अहिले मान्छेले गाउँको बिजुली काठमाडौंलाई दिइयो भनिरहेका छन् नी ?
– अहिले केही जिल्लामा जहाँ जहाँ पावर हाउस छन ती जिल्लामा लोडसेडिङ नै छैनन् । अहिले मात्रै होइन पहिले देखि नै । काठमाडौमा भारतको ग्रिडसँग जोडिएको छैन । भारतबाट ल्याएको तराई तिरै सकिन्छ । काठमाडौमा खिम्ती, लामोसाँघु, त्रिुशली आदिबाट काठमाडौमा आउने हो । यताको उत्पादन तराईमा जाँदैन । यसकारण काठमाडौमा व्यवस्थापन भनेको कुलेखानीको उत्पादन पनि हो ।
भनेपछि बाहिरबाट ल्याएर काठमाण्डौ उज्यालो बनाएको हैन ?
– बिल्कुलै होइन । बाहिर तिर पनि क्रमश लोडसेडिङ अन्त्य हुन्छ वा कम हुन्छ । अर्को कुरा म के भन्छु भने म अब लोडसेडङको तालिका अब सार्वजनिक हुँदैन । काठमाडौलाई चाहिँ अब लोडसेडिङ मुक्त नै बनाउँछु । अहिले पनि चुनौती नै छ । अहिले पनि मैले काठमाडौमा लोडसेडिङ अन्त्यको घोषणा गरेको छैन । अहिले हामी ट्रायलमै छौं । अबको तीन चार महिनामा आपूर्ति कम हुन्छ । माग उस्तै रहन्छ । यसकारण आउँदा ३ –४ महिना चुनौतीपूर्ण नै छ ।
यो तीन महिना भनेको जाडोको महिना ? जति बेला मानिसहरुले बिजुली बढी खपत गर्छन हैन ?
–खपत त उस्तै हुन्छ । उत्पादन चाहिँ कम हुन्छ । आयात एक तिहाईले कम हुन्छ । त्यो भएकोले त्यो बेला पनि लोडसेडिङ नगर्ने तयारी छ । मलाई लाग्छ हामी सफल हुन्छौं ।
लोडसेडिङ निकाल्ने सूचना चाहिँ आउन लागेको कुरा गर्छन नी मानिसहरु ?
–सूचना निकाल्ने कुरा छैन ।
यो विषय मजाक त होइन नी ?
– होइन । यो कुरा लेखेर राख्नुहोस् । जेठ पछि त हुँदै हुँदन । त्यसयता पनि नगर्ने हाम्रो योजना हो ।
भनेपछि तपाईहरु कलकारखानाको बिजुली काटेर लोडसेडिङ नगर्ने तयारीमा हुनुहुन्छ ?
– २४ सै घण्टा कलकारखाना चल्दैनन् । हामीले उनीहरुलाई पिक आवरमा कलकारखाना नचलाउ भनेका छौं । १४ घण्टाको सट्टा उनीहरु आफैले ३ घण्टा चलाएनन भने त बाँकी सयमा उनीहरुलाई बिजुली पुगिहाल्छ नी ।
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...