गत वर्षदेखि नेपालको बैदेशिक रोजगार क्षेत्र विवादित रहदै आएको छ । विषेशगरि नेपाल सरकारले रोजगारीमा जाने नेपालीहरुको लागि फ्रि भिषा , फ्रि टिकट हुनु पर्ने नियर्णय गरे पनि रोजगार व्यवसायीहरु आन्दोलनमा आए । व्यवसायीले लागत खर्च बापत १० हजार रुपैंया मात्र लिन पाउने सरकारले निर्णय गरेको थियो त्यस्तै गरि वैदेशिक रोजगारीको लागि जोखिम रहको अफगानिस्थानमा नेपाली कामदारको लासिग श्रम स्विकृति दिदै आएकोमा कावुलमा बम विस्पोटनमा परिन नेपालीहरुको मृत्यू भए पछि अफगानिस्थान माथि प्रतिबन्ध लगाएको थियो । पछिल्ले समय व्यवसायीहरुको दवाव तथा विकसित देशका राजदुतावासको दवाममा सरकारले प्रतिबन्ध फुकुवा गरेको छ । यसै सन्दभएमा रहेर बैदेशिक रोजगार व्यवसायी महासंघका अध्यक्ष भएको कुराकानी
बैदेशिक रोजागरीमा जानेहरुको संख्या कमि आएको छ, यसको कारण केहो ?
बैदेशिक रोजगारमा जानेहरुको संख्या कमि आउनुको प्रमुख कारणहरुधेरै छन् । अहिले बाहिर हल्ला गरिएको की , व्यवसायीहरु र सरकारविच भएको विवादको कारण बैदेशिक रोजगारीमा जानेहरुको संख्या घटे भन्ने छ । तर त्यो होईन नेपालको बैदेशीक रोजगारको प्रमुख गन्तव्य रहेका मुलुकहरुमा अहिले आर्थिक मन्दि रहेको छ । उनीहरुको व्यवसाय नै राम्रोसग चलिरहेको छैन । अन्य देशहरुबाट मान्छे मगाएर कसरी काम लगाउछन् । ति देशहरुबाट माग कम हुनु स्वभाविक हो । नेपालमा मात्रै होईन बैदेशिक रोजगारीमा पठाउने बङ्गालादेश , पाकिस्तान जस्ता देशहरुको पनि बैदेशिक रोजगार दर घटिरहेको छ । अर्को कारण भनेको नेपाल सरकारले ७ वटा देशमा फ्रि भिषा फ्रि टिकटको वयवस्था गरेपछि विदेशी कम्पनीहरुले नेपाल भन्दा बाहेकका देशहरुबाट कामदार बढि मगाउन थलेको छ । नेपाली कामदार भन्दा अन्य देशको कामदार उनीहरुको प्रमुख रोजाईमा पर्ने गरेको छ । यस कारण नेपालको बैदेशिक रोजगार दर घटेको हो ।
अन्तराष्ट्रिय श्रम संगठनको अनुसार पनि बैदेशिक रोजगारीमा जानेहरुहरुलाई फ्रि भिषा फ्रि टिकट पाउनु पर्ने मान्यता छ, नेपाली कामदारले त्यो सुविधा किन पाउन सक्दैनन् ?
बैदेशिक रोजगार महासंघले त्यो सुविधा पाउन सक्दैनन् भनेर। कहिल्यै पनि भनेको छैन् त्यसको लागि नेपाल सरकारबाट समबन्धित देशमा गएर नितिगत कुराहरु मिलाउनु आवश्यक छ । अहिले नेपालमा यस्तो समस्या छ की बैदेशिक रोजगारीको बारेमा नबुझेका व्यक्तिहरु श्रम मन्तालय , बैदेशिक रोगजार विभागको जिम्मा लिइरहेका छन् । उनीहरुले बैदेहिक रोजगारीमा रहेका समस्याहरुलाई समाधान गर्न सकिरहेका छैनन् ।उनीहरुलाई कुनै समस्याको बारेमा जानाकारी गरायो भने व्यवसायीहरु नाफा खान आएको भन्ने दृष्टिकोणबाट हेर्छन । व्यवसायीहरु सबै ठाउमा गलत छैनन् । हुन सक्छ केही व्यवसायीहरुले कुनै ठाउँमा गल्ति गरेका होलान् । तर त्यसलाई नियन्त्रण गर्नको लागि आवश्यक कारवाहीको लागि महासंघले नै प्रयास थालिरहेको छ । बैदेशिक रोजगारीमा जानेहरुको लागि फ्रि भिषाको बारेमा महांघले नै पहिले थालनी गरेको हो । त्यसमा हाम्रो कुनै दुईमत छैन । तर टिकटको विवाद र लागत खर्च कम भएको कारणले नेपालको बैदेशिक रोजगार क्षेत्रमा यति ठूलो चहलपहल ल्यायो ।
सरकारले फ्रि भिषा फ्रि टिकटको व्यवस्था गरे पछि व्यवसायीहरुले हाल सम्म कति घाटा व्योहोरे ?
हाल सम्मको घाटालाई हामीले रकममा रुपान्तरण गरेर भन्न नसकेपनि विशेषगरि मलेसियाका कमपनीहरुले नेपालीहरुको माग कम गरेका छन् । नेपालको पहिलो गन्तव् नै मलेसिया हो व्यवसायीहरुको मात्र घाटाको कुरो होईन । देशको अर्थतन्त्रमा नै प्रभाव पारिरहेको छ । अहिले हरेक दिन नेपालको रेमिट्यान्स आम्दानी कमजोर भएको समाचार दैनिक आउने गरेको छ ।
तपाइले नेपालबाट मलेसिया पठाउदा ठगि गरेको भनेर प्रेस विज्ञप्ति निकाल्नु भयो ?खास भएको केहो ?
मेरो मान्यता कुनै पनि कामदार नठगिउन भन्ने हो । मैले कुनै स्थानबाट कामदार पठाउदाँ ठगि भएको भन्ने थाहा पाए । त्यो पनि विविध कार्यक्रम को नाममा ठगि भएको रहेछ । कुनै ठाउमा ठगिएको भन्ने वित्तिकै आरोप चाहि हामी माथि आउने गर्छ । त्यसको लागि फ्रि भिषा फ्रि टिकट सरकारले ल्याएको ठिक छ भन्ने व्यवसायीहरु मेडिकल गर्ने नाममा पैसा उठाउदै छन् । त्यो कुरालाई पनि सबैले बुझ्नु प¥यो नी ।मैले उठाएको कुरा ले सबैको हितमा काम गर्छ चाहे तयो व्यवसायी होस् या सरकारी पक्ष म जहिले पनि गलत कुराको विरोध नै गर्छु । गलत कुराको उठान गर्दा कसैलाई कसैको नजरमा नराम्रो भइन्छ भने मेरो भन्नु केहि छैन ।
फ्रि भिषा फ्रि टिकटको कुरा गर्दा तपाईहरुले विदेशी कमपनीहरुबाट सरकारले निति ल्याउनु भन्दा पहिला उक्त सुविधा कामदारलाई नदिएर ठग्नु भएको थियो होइन ?
त्यो कुरा गलत हो । नेपालमा सरकारले निति ल्याउनु भन्द्या पहिला पनि केहि कम्पनीहरुले फ्रि भिषा फ्रि टिकटमा कामदार पठाउने गदर्थे । तपाईहरुले पनि विज्ञापन मार्फत देखेको हुनु पर्छ । विदेशमा पनि कम्पनीहरु हेरेर फ्रि टिकटको सुविधा दिन्छ । नेपालले विदेशमा कामदार पठाउनको लागि उत्तम निति लिन सकिरहेको छैन । तयसकारढाले नेपाली कामदार लोकप्रिय हुदाहादै पनि रोजगार कम्पनीहरुबाट माग कम हुन थालेको छ । जसको एउटैकारण सरकारको दिर्घकालिन निति तथा व्यवस्थिित गर्ने निति भएन ।
तपाईहरुले सरकरी पक्षले कामदारहरुलाई दक्ष बनाउन सरकारी पक्षबाट तालिमको व्यववस्था गर्नु पर्ने माग गर्नु भएक
नेपालको प्राय कामदार अदक्ष हुने गरेको छ । उनीहरु विदेशमा गए पछि मात्रै काम सिक्ने हुन् । त्यस्तो अवस्थामा नेपाली कामदारलाई धेरै समस्या थियो त्यो कुरा कहाँ पुग्यो ?पर्ने गरेको छ । सबैले म्यानपावर कम्पनी राम्रो नभएर समस्या आएको आरोप लगाई रहेका छन् । समस्या कामदारमै छ । तयसको लागि सरकारले सामान्य सिकाईको व्यवस्था गरेमा कामदारहरुलाई विदेशमा गएर समस्या व्याहोर्नु पर्दैन भनेर हामिले तलिमको माग गरेका हौं । तर सरकारले कुनै पनि सुनुवाई गरेको छैन । प्रवद्र्धन वोर्डले तालिम दिने भनेर योजना बनाए पनि त्यो कार्यन्वयनमा ल्याएको छैन ।
तपाईहरुले सरकारले तोकेको लागत खर्च पुगेन भन्ने आवाज उठाईरहनु भएको छ , तपाईहरुलाई नपुगेको कति हो?
सरकारले तोकेको लागत खर्च मार्फत म्यानपावर कम्पनीले १० हजार मात्र दिन पाउने भन्ने वयवस्था अहिले सरकारबाट आलोचना भएको छ । यो सुहाउदै नसुहाउने कुरा हो । १० हजार रुपैंया व्यवसायीले लिएर एजेन्ट लाई कति पैसा दिने , व्यवसाय कसरी संचालन गर्ने एक जना व्यक्ति विदेश पठाउनको लागि २० हजार भन्दा बढि रकम खर्च हुन्छ । सरकारले नै एजेन्ट राख्नु पर्ने भनेर व्यवस्था गरेको छ । १० हजार रुपैंयाले एक जना कामदार पठाउन पनि सकिदैन चाहे त्यो जस्तो सुकै कम्पनीबाट माग भएको हो ।
नेपालको प्रमुख गन्तव्य मुलुक रहेका देशहरुमा अरु देशबाट पनि कामदार जाने गरेका छन् , अन्य देशले पनि फ्रि भिषा फ्रि टिकट पाएका होलान् नी ?
अन्य देशको कुरा गर्नु पर्दा उनीहरुले भिषा फ्रि पाएका होलान् तर टिकट भने कामदार आफैंले नै दिने गरेको धेरै देशहरुमा देख्न सकिन्छ । मैले अघि पनि भने हामी व्यवसयाीहरुको माग पनि लागत खर्च अहिले तोकिएको भन्दा दोब्बर होस् । र टिकट कामदारले नै खरिद गर्ने निति बनोस् भन्ने हो । यसो भयो भने नेपालमा विदेशी कमपनीहरुबाट माग बढि आउँछ । नेपालमा रहेको बेरोजागारीको समस्या हल हुन्छ । नेपालको अर्थतन्तमा बैदेशिक रोजगारी क्षेत्रले ठूलो भुमिका खेलेको छ । त्यसलाई सरकारले विर्षन हुदैन । केहि महिना यता बैदेशिक रोजागारीको क्रम घट्नाले विविध किसिमका नकरात्कक कुराहरु देशिएका छन् । रेमिट्यान्समा घटेको छ । चाडवाडको अवसरमा गतवर्षको अहिलेको मुल्याङ्कन गर्ने हो भने निकै कमजोर देखिएको छ । अर्कोकुरा यूवाहरुको बेरोजगारीमाहोल बृहत रुपले देखा पर्न थालेको छ ।
सरकारले प्रतिवन्ध लगाएका मुलुकहरुमा पनि व्यवसायीहरुले कामदार पाठाउनको लागि दवाव दिएको भन्ने सुन्नमा आएको छ नी ?
अहिलेको सन्दर्भमा अफगानिस्थानलाई सरकारले प्रतिबन्ध लागयो , तयसको एउटैकारण थियो बम विस्पोटनमा परि नेपालीहरुको मृत्यू हुनु । यूद्ध ग्रस्त मुलुकमा कामदार पठाउनु राम्रो होईन तर अफगानिस्थानमा एकाद घटना बाहेक यूद्धको कार्यहरु छैन । अर्कोकुरा नेपालीहरु विदेश किन जान्छन् त्यस विषयमा अध्यान हुनु जरुरी छ । नेपालीहरु विदेश जान चाहनुको कारण नेपालमा भन्दा राम्रो अवसर प्राप्त होस् ।तथा नेपालमा भन्दा राम्रो कमाई गर्न सकियोस् भन्ने हो । अफगानिस्थान नेपाली कामदारको लागि राम्रोा अवसर भएको मुलुक हो । यदि कुनै घटना हुनु छ भने नेपालमा पनि हुन सक्छ पछिल्लो समय नेपालमा पनि गाडि दुर्घटनाको खवरहरु धेरै भए । के त्यो बम विस्पोटान भन्द्या कम थियो । पक्कै पनि थिएन । अफगानिस्थानमा एक पटक को कमाइले यहाँ आएर राम्रो तरिकाले व्यवसाय गरेर बाच्च्न सकिन्छ । यो अवस्था भनेको खाडी मुलुक तथा मलेसिया भन्दाा धेरै राम्रो हो । तर सरकारले गरेको निर्णय प्रति हाम्रो कुनै आपत्ति होईन । हामीले कुनै दवाव दिएको होईन । व्यवसायीहरुसग हुने छलफलको क्रममा अफगानिस्थान नेपालीहरुको रोजागरीको लागी राम्रा अवसर भएको मुलुक धारणा मात्रै व्यवक्त गरेका छौ । प्रतिवन्ध फुककुवा गर्ने नगर्ने सरकारको हातमा छ ।
रोजगारीमा जाने नेपालीहरुको समस्या परेर घर फकर्दा व्यवसयाीहरुले क्षतिपूर्ति नर्दिको भनेर बैदेशिक रोजगार विभागम अत्याधिक उजुरीहरु पर्ने गरेको छ नी ?
हामीले यहा नै यस्तो काम गर्नु पर्छ यति तलब सुविधा हुन्छ भनेर कामदार लाई पठाए पिछ विदेशमा गएर तोकिएको सुविधा नपाएमा क्षति पूर्ति माग गर्नु स्वभाविक हो । तर विभागमा पर्ने गरेको उजुरीहरुलाई हर्नेहो भने । यहाँ तोकिएको काम गर्न पनि नसक्ने अनि परिवारको मायाले पर्किर चाडै घर आउने अनि क्षति पूर्ति माग गर्ने , यो अवस्थामा व्यवसायीहरुले क्षति पूपिर्त दिन सक्दैनन् । विभागले पनि रोजगार व्यवसायीलाई कारवाही गर्न सक्दैन । कुनै पनि नेपाली काम गर्न विदेश जादै छ भने उसले आफुसग कुन सिप छ । के कामको लागि योग छु भनेर सोच्न जरुरी छ । आफ्नो सिप अनुसचारको काम रोजियो भने विदेशमा गएर काममा समस्या हुदैन । नेपालमा सरकारले पनि नेपालीहरुलाई कुनै सिप सिकाउन सकेको छैन कामदारहरु पनि आफ्नो दक्षता लिएर भन्दा पनि लहैलहैमा लागेर विदेशको तयारी गर्दन । दोष चाहि व्यवसायीहरु माथि थोपारिने गरेको छ ।
आगामी असारमा तपाईको कार्यकाल सकिदैछ , फेरी उम्मेरदवारी दिने तयारी मा हुनुनहुन्छ ?
त्यो विषयमा मैले अहिले सोचेको छैन । अझै त्यसको लागि ८।९ महिनाको समय बाकिँ छ । साथिहरुको राम्रो साथ पाईरहेको छु । महासंघको निति अनुसार अर्को पटक पनि अध्यक्षको लागि उम्मेरवदारी दिने व्यवस्था छ । त्यो समयसम्म व्यवसायी साथिहरुको सल्लाह अनुसार निर्णय गर्ने छ ु ।
तपाईले व्यवसायीहरुको हक हितको लागि यति ठूलो आन्दोलनको वातावरण मिलाउनु भो , लागत खर्च बढाउने सन्दर्भमा सरकार सकरात्क देखिएको छ , त्यसलाई टुङ्गोमा पु¥याउन तपाईको नेतृत्व आवश्यक पर्ला नी ?
रोजगार व्यवसायीहरुको विचारलाई हेर्दा लोकतान्त्रिक पक्षको माहोल धेरै राम्रो छ । हामीले उठाएका उम्मेरवार नै निश्चित रुपले अध्यक्षको प्रत्यासी हो । विचार एउटैहो । म भए पनि वा अर्को जो कोहि भए पनि व्यवसायीहरुले उठाएको जायज मागहरु पूरा नभए सम्म हाम्रो आन्दोलन जारी हुन्छ । १० हजार लागत खर्च तोकेर व्यवसायीहरुले कुनै पनि हालतमा काम गर्न सक्दैनन् । अर्को कुरा कामदारले नै टिकट बापतको पैसा ब्यहोर्ने निति बसाल्ल्न पर्छ । यदि त्यसो भयो भने नेपालले अन्य देशसग बैदेशिक रोजाको क्षेत्रमा प्रतिस्पर्घा गर्न सक्छ ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...