बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ । सौर्यमान्अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले शुक्रबारको दिनलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई कर्कट सङ्क्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते अर्थात् मकर सङ्क्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजैदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट सङ्क्रान्तिकै दिनदेखि सुरु हुन्छ । साउन १ गते भएकाले सोहि दिनलाई साउने सङ्क्रान्ति पनि भनिन्छ ।
कृषिप्रधान देशमा मानो खाई मुरी उब्जाउने प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् ।
यसैदिन साँझ लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने चलन रहेको असार भर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने चर्मादि रोगबाट जोगिन लुतो फाल्ने प्रचलनस्वरुप यो पर्व मनाउन थालिएको हो । साउने सङ्क्रान्तिको दिन कण्डारक नाम गरेको रात्रिचर ९राति हिँड्ने० को पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको छ ।
प्राचीन कालदेखी नै कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो आदि औषधीय बनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कण्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिन्छ । वर्षभरका सङ्क्रान्तिमध्ये वैशाख, साउन, कात्तिक र माघ गरी चार वटालाई महत्वका साथ लिइन्छ । साउने सङ्क्रान्तिलाई लुतो फाल्ने दिनको रुपमा पनि मनाईदैं आएको किंबदन्ती छ । असार महिनाभरी हिलोमा पसी खेतीपातीको काम सकेपछि शरीरमा हिलोबाट निस्केका घाउखटिरा तथा शरीर चिलाउने समस्याबाट मुक्त हुन आज साँझ लुतो फाल्ने प्रचलन छ । लुतो फाल्दा साँझमा कुरिलो र तितेपाती आगोमा सल्काई अगुल्टो लुतो लैजा भनी चारैदिशा फाल्ने र नाङ्लो ठटाई घरको मूलढोका बन्द गर्ने गरिन्छ ।
साउनेसङ्क्रान्तिलाई किसानले खेतीपातीको काम सकेपछि मनोरञ्जनका रूपमा आफ्ना चेलीबेटीलाई बोलाई रमाइलोसँग मनाउने चाडका रूपमा पनि लिने गरिन्छ ।
पञ्चाङ्गका अनुसार सूर्यनारायणका दुई अयन, उत्तरायण र दक्षिणायन हुन्छ । माघ महिनादेखि उत्तरायण हुन्छ भने साउनदेखि दक्षिणायन हुन्छ । सूर्यको गति दक्षिणायन सुरु भएपछि नेपालमा राष्ट्रिय सांस्कृतिक पर्व सुरु हुन्छ ।
गाईजात्रा, नागपञ्चमी, जनैपूणिर्मा, श्रावणी मेला, पञ्चदान, कुसे औँसी, हरितालिका, इन्द्रजात्रा, कुमारीयात्रा, अनन्तचतुर्दशी, सोह्रश्राद्ध, बडादसैँ, रुद्रायणीनाच, तिहार, बालाचतुर्दशी, गौरापर्व, छठ, योमह्री पूणिर्मा, स्वस्थानी पूजालगायतका धार्मिक एवम् सांस्कृतिक पर्व दक्षिणायनमा पर्छन् ।
श्रावण महिना सनातन हिन्दू धर्माबलम्बीले विद्या, धन, असल पति तथा पुत्रलाभका लागि शिवजीको व्रत, पूजा, आराधनाको महिनाका रूपमा लिने गरेका छन् । श्रावण महिना सनातन हिन्दू धर्माबलम्बीले विद्या, धन, असल पति तथा पुत्रलाभका लागि शिवजीको व्रत, पूजा, आराधनाको महिनाका रूपमा लिने गरेका छन् ।
यसैबीच साउने सोमबारको ब्रत लिने भक्तजनहरुको पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरहरुमा विहानैदेखि घुइँचो लाग्दछ । साउन महिनामा पर्ने हरेक सोमबार ब्रत बसे मनले चिताएको कुरा पुग्ने जनविश्वास छ ।
महिलाहरु साउने सङ्क्रान्तिका दिनदेखि एक महिना सौभाग्यको प्रतीक हरियो चुरा र मेहन्दी लगाउनाका साथै शिवलाई प्रसन्न पार्न सोमबारे व्रत बस्छन् । देवी पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेकाले सोमबारको व्रतको महत्व छ । साउन महिना जताततै हरियाली हुने भएका कारण पनि हरिया चुरासहित श्रृङ्गारका समान पहिरिनु प्रकृतिसम्मत प्रचलन हुनसक्ने अध्यक्ष गौतमको भनाइ छ । साउन महिना भगवान शिवको महिना भएकोले यो महिनाभर शिवालयहरुमा दर्शनार्थीहरुको अत्याधिक भिड लाग्छ । हरियो रङ्गका बस्त्र, चुरा र मेहंदी लगाए भगवान शिवजी खुसी भई मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यसैबीच, साउन महिनाभरी महादेवको आराधनामा बोल बम यात्रा गर्ने चलन पनि छ ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...