साउन महिना र हरीयो श्रृंगार

  |      10:06:00   |  
साउन महिना र हरीयो श्रृंगार

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी महिलाहरुले हातमा हरीयो चुरा,मेहेन्दी तथा बिवाहित महिलाहरुले गलामा हरीयो पोते तथा हरीयो बस्त्र लगाउने कार्य शुरु भएको पाईएको छ । हरियो रंग सौभाग्यको रंग हो यसले सितलता प्रदान गर्छ । यस  महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । यसका कारण शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर पनि हो । जसका कारण यो महिनामा हरियो रंगका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको मानिन्छ  । जसका कारण प्रकृतिको साथ मिलेमा  भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने बिश्वास गरीन्छ । हिन्दु धर्म अनुसार प्रकृतिलाई इश्वरको रुपमा लिइएको छ । जसका कारण प्रकृतिको पूजा गरिने गरेको छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा अर्चना गर्नुपर्छ जसका कारण आफू र पतिको आयूसमेत बढ्ने जनबिश्वास छ ।
पौराणिक कथा अनुसार साउन महिना देवताहरुका पनि देवता महादेव शंकर अर्थात् शिवको महिनाका रुपमा लिइन्छ । श्रावणमा हरियो पहिरन लगाउदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन् । जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । श्रावण महिनामा भगवान् शिवको पूजा गरी ॐ नमः शिवायः को जप गर्नाले उनी प्रसन्न हुने जनविश्वास छ । अराध्यदेव महादेव खुसी हुने, सदा कृपा बनाईराख्ने र परिवारको कल्याण हुने विश्वास रहेको छ । श्रावणमा हरियो रंगको श्रींगार पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुनेछन् भन्ने जनबिश्वास छ । त्यसैले श्रावणको सोमबारलाई विषेश बारका रुपमा लिइन्छ ।
 हरियो रंग बुध
 ग्रहको प्रतिक हो । बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिएको हुन्छ । यस्तोमा हरियो रंग लगाउँदा मन प्रसन्नता हुन्छ भने घरमा सम्पन्नता छाउँछ भन्ने तर्क ज्योतिष हरुको रहेको छ । हरियो रंग प्रकृति, उर्वरता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतिक हो । हरियो उपचारको रंग पनि हो जो मुटुसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि बेडरुमको दक्षिण पूर्वी हिस्सामा हरियो रंग लगाएको खण्डमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको पाईन्छ ।

तर हाल समाजमा दिनप्रतिदिन बढ्दै गएको  फेशन तथा देखासिकीले विभिन्न विकृतिहरु भित्रायाएको छ । आफ्नो आर्थिक अवस्था भन्दा माथी उठेर अर्काले गरेको वा लगाएको देख्दैमा आफुलाई पनि त्यहि गहना तथा वस्त्रहरुको माग गर्ने महिलाहरु पनि उत्तिकै भेटिन्छन् हामो समाजमा । यसले कत्तिपय अवस्थामा पारिवारिक र आर्थिक जटिलताहरु समेत निम्तने गरेका छन् । अर्कोतर्फ महादेव जस्तै पति पाँउ भन्ने आस्था राखेर होस् अर्थात् पतिको दिघार्युको कामनाका लागी पानी समेत नखाइकन बसेको ब्रत, यसले व्यवहारिक जीवनमा कत्तिको प्रभाव पारेको छ त्यो भने आम महिलाहरुले बुझ्न जरुरी छ । हुन त कहिलेकाँहि पेट खाली राख्नु स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजन मानीन्छ तर पानी समेत नखाईकन ब्रत बस्नुले वास्तमै पनि शरिरलाई फाइदा गर्दैन । यस्तो देखाउने प्रचलनले महिला महिला बिचमा समेत द्धन्द्धात्मक स्थिती पैदा गर्न सक्छ । त्यसैले पनि यस्ता चाडपर्वको नाममा सुनका गरगहना, भड्कीलो शृङ्गार, त्यस्तै उच्च मुल्यका कपडाहरु लगाउने अभ्यास चाँही साह्रै नराम्रो पक्ष हो । यसले हाम्रो मौलीक संस्कृतिलाई ओझेलमा पार्दछ । परम्परालाई जोगाउने भन्दैमा अरुको देखासिकीका लागी तडकभडक गर्नुभन्दा पनि ‘घाँटी हेरी हाड निल्नु’ भन्ने तथ्यलाई व्यवहारमा लागु गरि संस्कृतिको जगेर्ना गर्नेतर्फ लाग्नु नै सबैभन्दा उत्तम हुन्छ । 

 


Share this with your friends:


1479198279prabhu-nov10.gif
1477301637mbl-sept.gif
1458582982rumpum.gif
1461497059NCC-Visa-card--869x121-1.jpg
थप खबर...

यस्तो छ मौलिकता जोगाउन एक साइकलवाली को साहस

1482397492156835937624887205693141661341839n.jpg

हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...

मुख गन्हाउने समस्या छ ? गम्भिर समस्या हुन सक्ला है ।

1507350526dfdfd.jpg

सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...

माघ महिना र त्यसको महत्व

1547541126ddd.jpg

माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...

साउन महिना र हरीयो श्रृंगार

1500094210sa.jpg

  साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...

साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिनको महत्व

1531747118download.jpg

बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...

धेरै चिसो पानी पिउनु स्वास्थ्यको लागी हानी हुन सक्छ

1531546468as.jpg

 गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...

नेपाल बैंक लिमिटेडको फर्दर पब्लिक इस्यू (FPO) बिक्रि खुल्ला

1530254866nbl.jpg

काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...

NRN कतारको सचिब पदमा युवराज शर्माको उमेदवारी

1502804309vvvv.jpg

मिरमिरे सम्वाददाता   हामी नेपाली नेपालीकै लागी भन्ने...

कुमारी बैंकको ११ लाख ४१ हजार कित्ता सेयर लिलामी

1530257772kum.jpg

 काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...