सिभिल बैंक लिमिटेड (CBL)ले बैशाख २७ गते शुक्रबार साधारणसभा आह्वान गरेको छ । बैंकले एकैदिन आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को साधारणसभा गर्न लागेको हो । अमृतभोग डिल्लीबजारमा बिहान ११ बजे सातौ र आठौ साधारण सभा आह्वान गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०७३ र ७४ को मुनाफाबाट १०.२५ प्रतिशत बोनस शेयर र तथा ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै आर्थिक बर्ष ७४ र ७५ को मुनाफाबाट ४.०५ प्रतिशत नगद लाभांश गरि कूल १४.३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । बैंकले लाभांश र साधारण सभा प्रयोजनका लागि बैशाख १० गते मंगलबार देखि शेयरधनी दर्ता किताब बन्द गर्दैछ । बैशाख ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन ।
मर्जर र एक्विजिसनको लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारणसभामा पेश हुनेछ । त्यस्तै सभाले संस्थापक र साधारण शेयरधनीको तर्फबाट ३ र ३ जना गरि ६ जना सञ्चालक निर्वाचन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने लगायतका बिषयहरु मुख्य एजेण्डा रहेका छन् । हाल बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड ९३ लाख रहेकोमा प्रस्तावित लाभांश वितरणपछि बैंकको चुक्ता पुंजी ८ अर्ब नाघ्ने छ ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...