तपाईहरु प्रदेश नम्बर पाँच छुट्टयाउनै पर्छ भन्ने, टोपबहादुर रायमाझी छुट्टयाउनै हुन्न भन्ने, यो मिलेमतोमा त कुटे जस्तो गर म रोए जस्तो गर्छु भनेको हो ?
– त्यस्ता होइन । मुलुक संघीयतामा गइसकेको छ । कांग्रेस एमाले र माओवादी मिलेर संविधान जारी भयो । तर मधेसी, आदिवासी, जनजातिले चित्त बुझाएनन् । यसो हुँदा उनीहरुको माग सम्बोधन गर्न आवश्यक थियो । उनीहरुको समेत माग सम्बोधनका लागि यो कदम चालेका हौं हामीले । सरकारले यहि भएर संविधान संशोधनको यस्तो प्रस्ताव हो । यो संशोधन प्रस्तावले मुलुकलाई जोड्छ । टुटेको मनोविज्ञानलाई जोड्छ । यसकारण संशोधनको प्रस्ताव आएको हो ।
अरुको मनोविज्ञान त जोडिन्छ कि जोडिन्न थाहा छैन तर माओवादी भित्रको मनोविज्ञान चाहिँ तोडियो होइन ?
–तपाईले टोपबहादुरजीको प्रशंग झिक्नु भएको होला । टोपबहादुरजीले प्रदेश नम्बर ५ टुक्रा पार्न हुन्न भन्नुभएको थियो । म त्यो प्रदेशको इन्चार्ज हो । मैले सबै साथीहरुसँग सल्लाह गरेर हुन्छ भनेको हो । तर टोपबहादुरजीले पहिलेदेखि नै राख्दै आउनु भएको हुन्न भन्ने धारणा अहिले सार्वजनिक गरिदिनु भयो । विमतीहरु पार्टी भित्रै राख्नु पर्छ भन्ने मेरो मान्यता थियो । पार्टीको मान्यता पनि हो । तर उहाँ सहमत हुनु भएको छैन ।
तपाईले त्यसो भने पनि टोपबहादुरजीले भन्नु भयो कि यो पार्टीको निर्णय होइन सिंहदरबारमा बस्ने मन्त्रीहरुको निर्णय हो । कुरा के हो ?
– यो विषय पार्टीको पोलिटब्यूरो, हेडक्वाटरमा सल्लाह भएको कुरा हो । संविधान कार्यान्वयनका लागि मधेसी मोर्चाको चित्त बुझाउनु पर्ने बाध्यता, त्यसका लागि सीमांकन फेरबदल गर्नुपर्ने आदि आवश्यकता थियो । त्यही भएर पाँच नम्बर प्रदेशका नेताहरुलाई नै अप्ठ्यारो पर्ने निर्णयमा पनि जानु पर्छ भन्ने हामीले भनेका थियौं । संविधान संशोधनका लागि केही कठोर निर्णय लिनु पर्छ भनेका पनि हौं । तर टोपबहादुरजी जस्तो वरिष्ठ नेताले बाहिर भाषण गर्दै हिँड्नु भयो त्यो गलत भयो । उहाँ अलिकति चुक्नु भएको हो ।
नेकपा माओवादी केन्द्रमा यसरी चुक्नलाई स्वतन्त्रता छ कि छैन ?
– हरेक पार्टीहरुमा अनुशान र मर्यादा हुन्छ । हाम्रोमा पनि छ । तर हामी अब पहिलेको जस्तो राजनीतिमा छैनौं । खुला राजनीतिमा आएपछि नेतालाई कारबाही गर्ने र पुरस्कृत गर्ने भन्ने जनताले नै गर्दा रहेछन् । जनताको नजरमा जस्तो इमेज बन्छ त्यही कारबाही र त्यही पुरस्कार हुन्छ ।
तपाईले अघि संविधान संशोधन राष्ट्रिय आवश्यकताले ल्याएको भन्नुभयो, तर मानिसहरुले त दक्षिणको आवश्यकताले ल्याएको भनिरहेका छन् नी ?
– अहिले हामी सबै कुरालाई राष्ट्रियता र राष्ट्रवादको कुरा उठेको छ । तर राष्ट्रियताको ठूलो हिमायती नेकपा माओवादी केन्द्र हो । कुनै बेला हामीले सुरुङ युद्ध गर्ने चेतावनी पनि दिएका थियौं । तर मूल कुरा भनेको आन्तरिक एकता ठूलो कुरा हो । हामीले आन्तरिक राष्ट्रियता बलियो पार्नका लागि संशोधन प्रस्ताव ल्याएका हौं । अरु कसैलाई खुसी पार्न होइन ।
आन्तरिक राष्ट्रियताको कुरा गर्नुहुन्छ, पाँच नम्बर प्रदेशमा मानव शागर उर्लिएको छ, प्रस्तावको विरोधमा यसै गरी हुने हो आन्तरिक राष्ट्रियता बलियो ?
– मधेस विमतीमा थियो । ५४ लाख जनता ८ जिल्लामा बस्छन प्रदेश २ मा । एमालेका वरिष्ठ नेता त्यही जिल्लाबाट छन् । कुनै पनि जिल्लामा स्थानीय तह पुनसंरचनाको काम हुन सकेको छैन । तराई मधेसमा कांग्रेसको ५० सिट, एमालेको ४० सिट, माओवादीको १२ सिट र मधेसी दलको ११ सिट छ । तर कुनै पनि जिल्लामा किन स्थानीय तह पुनर्संरचना हुन सकने ? किनभने त्यहाँ आक्रोश छ । त्यहाँका जनतालाई भावनात्मक रुपले मूल प्रवाहमा ल्याउन आवश्यक छ ।
अहिले हामीले गरेको प्रस्ताव त पहिले नेपाली कांग्रेस र एमालले गरेको प्रस्ताव नै हो । त्यो बेला सहमति हुन नसक्दा अहिलेको संरचना बनेको हो । अहिले अब संरचना अलिकति फेरौं न त भन्दा हामी राष्ट्रघाती हुने, पहिले आफैले ल्याएको प्रस्ताव राष्ट्रवादी हुने भनेर एमालेले जुन प्रचार गरिरहेको छ त्यो मिथ्या हो ।
अहिले तपाईहरुले थारुहरुको क्लस्टर भनेर बर्दियादेखि नवलपरासीसम्मको प्रदेश बनाउन खोज्नु भएको छ त्यसले कसैलाई पनि जोड्दैन सबैलाई तोड्छ जस्तो भएको छ । किनभने थारुको मूल बसोबासको थलो कैलालीलाई त समेट्नु नै भएको छैन । किन ?
पहिले थारु समुदाय त्यहाँ लार्जेस्ट थिएन । अहिले २१ प्रतिशत प्लस संख्या भएको छ ।
तर बाहुन क्षेत्रीको त्यो भन्दा बेसी छ नी ?
– हो त्यसरी बाहुन क्षेत्रीलाई एक ठाउँमा राख्दा खसहरुको संख्या बढी हुन्छ । हिजो पनि बढी थियो । आज पनि बढी छ । उता चार नम्बर प्रदेशमा मगरहरु २३ प्रतिशत थिए । आज पाँच नम्बरको बाँकी पहाडी जिल्ला जोडेपछि ४६ प्रतिशत पुगेको छ ।
तपाईले जे भने पनि थारु त फेरि पनि आन्दोलनमा जान लागेको छ त ? मधेसी मोर्चा पनि खुसी भएनन, खस आर्य आन्दोलनमै छन् । त दिल्लीले त खुसी प्रकट गर्यो । अब भन्नुस यो संशोधन भारतको कसरी भएन ?
– यदि दिल्ली कनेक्सन भएको भए त मधेसी सन्तुष्ट हुनु पर्ने हो नी त । मधेसी खुसी भएनन भन्नुको मतलव यो भारतको होइन भन्ने हो । यो विश्लेषण पूर्वाग्रहपूर्ण छ । दुराशयपूर्ण छ । मधेसीलाई नेपाली नमान्ने, थारुलाई नेपाली नमान्ने सोचबाट प्रेरित छ ।
तपाईको प्रस्तावले कसै न कसैलाई त खुसी बनाउनु पर्ने होइन र ?
– हाम्रो प्रस्तावमा सबै खुसी छन् । मधेसी, थारु खुसी छन् । मधेसका पार्टी र तिनका नेता खुसी हुन नसकेका हुन् । उहाँहरुले आफ्नो शक्तिभन्दा धेरै लिन खोज्नु भएको छ । हैसियतभन्दा बढी माग गरेकोले कुरा नमिलेको हो । मधेशमा कांग्रेस छ, एमाले छ, माओवादी छ अनि मधेसी पार्टी छ । उहाँहरु मधेसमा आफूबाहेक अरु कोही छैन भन्ने ठान्नु हुन्छ । उहाँहरुका सबै माग पूरा हुँदैनन् । जति पाउनु हुन्छ, चित्त बुझाएर आउनुमा नै भलाई छ ।
प्रस्ताव फिर्ता हुन्छ कि हुन्न ?
प्रस्ताव फिर्ता हुने कुनै सम्भावना छैन । प्रधानमन्त्रीले पनि भनिसक्नु भएको छ । यो राष्ट्रिय आवश्यकताले ल्याइएको हो । हामी एमालेलाई पनि सहमतिमा ल्याउनेछौं ।
यो संशोधन प्रस्तावको मूल आशय चाहिँ हिन्दीलाई राष्ट्रिय भाषा बनाउने हो भन्ने गरिन्छ नी ?
गलत कुरा हो । नेपालमा बोलिने सबै मातृ भाषालाई अनुसूचीमा राख्ने भन्ने कुरा पहिलेको संविधानमा पनि थियो । त्यो कुरामा एमाले किन सहमत नभएको हो बुझ्न सकिएको छैन । एमालेले यो विषयमा राजनीति बेइमानी गरेको हो । कुन कुन भाषा नेपालका हुन भन्ने कुरा भाषा आयोगले टुंग्याउने भनेको छ । यसमा राष्ट्रियता कताबाट धरमर हुन्छ ?
हिन्दीलाई संविधानमा घुसाउन खोज्नु भएको हो कि होइन ?
– कसरी हिन्दीलाई संविधानमा घुसाउन मिल्छ ? किन मिल्छ । राजा महेन्द्रले एक भाषा एक भेषको मन्डले राष्ट्रवाद लादे जस्तो हिन्दीको आतंक मच्चाएर अरु भाषालाई थिच्ने सोच छ । नेपाल सबै जाति जातिको हो । यसकारण यस्ता विषयमा विवाद गर्नु हुदैन ।
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...