मुम्बई, मंसिर २७ । भारतले इंगल्याण्डविरुद्धको टेस्ट सिरिज आफ्नो कब्जामा लिएको छ । भारतले इंगल्याण्डविरुद्धको चौथो टेस्ट प्रतियोगितामा एक इनिङ्गसहित ३६ रनको जित निकालेपछि टेस्ट सिरिज भारतको पकडमा आएको हो ।
चौथो टेस्ट क्रिकेटमा भारतीय बलर रविनचन्द्र आश्विनले १२ विकेट लिँदै भारतको जितको बलियो आधारस्तम्भ खडा गरेका थिए । पहिलो इनिङ्गमा राम्रो प्रदर्शन गरेको भएता पनि इंगल्याण्डले आफ्नो दोस्रो इनिङ्गमा कमजोर प्रदर्शन गरेको थियो ।
पहिलो इनिङ्गमा इंगल्याण्डले किटोन जेनिङ्गस्को शतकीय पालीसँगै चार सय रन बनाएको थियो । भारतले पनि पहिलो इनिङ्गमा दुई खेलाडीको शतक तथा कप्तानको दोहोरो शतकसँगै छ सय ३१ रन बनाउँदै बलियो जवाफ फर्काएको थियो । भारतका लागि मुरली विजय र जयन्त यादवले शतकीय पाली खेलेका थिए भने कप्तान विराट कोहलीले दुई सय ३५ रन बनाएका थिए ।
दोस्रो इनिङ्गमा भने इंगल्याण्डका ब्याट्सम्यानहरुले खुलेर खेल्न सकेनन्, जो रुटले ७७ तथा जोनी बेइस्ट्रोले ५१ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न नसकेपछि इंगल्याण्ड एक सय ८२ रनमा समेटिएको हो । विराट कोहलीले लगातार तीन टेस्ट सिरिजमा तीन दोहोरो शतक प्रहार गर्दै आफ्नो रेकर्ड राखेका छन् । एजेन्सी
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...