१९,असार । नवलपरासीको सुनवल नगरपालिकामा नवनिर्वाचित मेयर भीमबहादुर थापाले आफूले पाउने सरकारी सुविधा नलिने घोषणा गरेका छन् ।मतदाताहरुसँग गरेको प्रतिबद्धताअनुसार थापाले विजयी भएलगत्तै आफूले पाउने तलबभत्ता सुविधा नलिने घोषणा गरेका हुन् ।आफूले पाउने तलबभत्ता सहित कुनैपनि आर्थिक सुविधा नलिने र उक्त रकम अशक्त र असहायका लागि खर्च गर्ने बताए । नगरपालिका क्षेत्रभित्र रहेका अशक्त र असहायहरुका लागि छुट्टै कोष खडा गरेर उनीहरुको हेरचाहका लागि रकम खर्च गर्ने थापाको भनाइ छ । नेपाली कांग्रेसबाट निर्वाचित थापा उद्योग वाणिज्य संघको जिल्ला अध्यक्ष र कांग्रेस केन्द्रीय सदस्य पनि हुन् । उनले नेकपा एमालेकी विमला पौडेललाई पराजित गरेका थिए ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...