काठमाण्डौ । रसियामा भएको बिश्वकप फुटबल खेल २०१८ को फाइनलमा फ्रान्ससँग पराजित हुदै उपविजेता बनेको क्रोएसिया कप्तान लुका मोडरिच प्रतियोगिताकै उत्कृष्ट खेलाडी हुँदै विश्वकप २०१८ को गोल्डेन बल अवार्ड जितेका छन्। उनले बेल्जियमका स्टार खेलाडी इडिन हजार्ड र फ्रान्सका स्टार खेलाडी एन्टोनियो ग्रिज्यम्यानलाई पछि पार्दै उक्त उपाधि जितेका हुन् ।
क्रोएसियालाई पहिलो पटक फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका उनले उत्कृष्ट खेलाडी हुँदै गोल्डेल बल जितेका हुन्। उनले प्रतियोगितामा २ गोल गरेका थिए भने एउटा गोलका लागि पास दिएका थिए । फिफाको टेक्निकल अध्ययन समुहले उनलाई यो गोल्डेन बल प्राप्त गरेका हुन् ।
इंग्ल्याण्डका ह्यारी केनले गोल्डेन बुट जितेका छन् । उनले सात खेलमा ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको उपाधि जितेका हुन् ।
बेल्जियमका गोलकिपर थिबाउट कोर्तवाले उत्कृष्ट गोलकिपर हुँदै गोल्डेन ग्लोभ्स जिते ।
त्यसै गरी फ्रान्सका केलियन एम्बाप्पेले पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने युवा खेलाडी बन्दै योङ प्लेयर अवार्डको जितेका छन् । रसियामा सम्पन्न विश्वकपमा उनले सानदार खेल प्रदर्शन गरेका थिए ।
१९ वर्षको कलिलो उमेरमा विश्वकपमा उदाएका एम्बापेले सात खेलमा चार गोल गरेका थिए । फिफाका अनुसार कौशल, स्टाइल र चरिस्माजस्ताहरुलाई मुख्य प्राथमिकतामा राखेर अवार्ड प्रदान गरिन्छ ।
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...