काठमाडौं । चन्द्रागिरी हिल्सको सर्वसाधारण का लागी निष्काशन गरेको आईपीओ आज माघ ९ गते, शुक्रबार बाँडफाँड भएको छ ।
ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा शुक्रवार बिहान भएको बाँडफाँटमा आईपीओमा आवेदन दिनेहरूमध्ये १० लाख ७१ हजार ५१५ जनाको खालि भएको छ । १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरिएको हो । दुई जनाले भने थप १ / १ कित्ता शेयर अर्थात ११ कित्ता शेयर प्राप्त गर्न गरेका छन्
चन्द्रागिरी हिल्सले गत पुस २४ गते देखि प्रति कित्ता एक सय अंकित मूल्यको दरले जम्मा १५ लाख ३४ हजार ९१ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । त्यसमा ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएको छ ।
ग्लोबल आईएमई क्यापिटलका अनुसार १ लाख ३९ हजार ६०२ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ । त्यसबाट बाँकी रहेको २ कित्ता शेयर दुई जना आवेदकमा बाँडफाँड गरिएको छ ।
कम्पनीले आईपीओमा आवेदन गर्ने सबैलाई चन्द्रागिरी केलबकारमा २५ प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । यो योजना माघ ०५ देखि १ वर्ष सम्मको लागि मान्य हुने कम्पनीले जनाएको छ ।
हेटौँडा राइडर्स क्लबको आयोजनामा गत शुक्रबारबाट सुरु...
सामान्यत मुख सफा नगरेको, दाँतमा ब्रस नगरेको अवस्थामा मुख...
माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्तिको रुपमा...
साउन महिना को प्रबेश संगै हिन्दु धर्माम्वलम्बी...
बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई...
गर्मीमा हामी सबैलाई फ्रिजको चिसो पानी पिउन मन लाग्छ ।...
काठमाडौं / नेपाल बैंकले शुक्रबार ९असार १५ गते० देखि १...
मिरमिरे सम्वाददाता हामी नेपाली नेपालीकै लागी भन्ने...
काठमाडौं / कुमारी बैंकले ११ लाख ४१ हजार ३७४।५० कित्ता...